२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन पत्रकारिता पुरस्कार विवादमा : निवर्तमान अध्यक्ष तथा आईसिसि सदस्य योगकुमारले लेखे पत्र

1318 Shares
Spread the love

काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्र्रिय समन्वय परिषद् सम्मेलनमा वितरण गरिने अन्तर्राष्ट्र्रिय पत्रकारिता पुरस्कार विवादमा परेको छ ।

निवर्तमान अध्यक्ष तथा आईसिसि सदस्य योगकुमार फगामीले एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टलाई पुरस्कार छनौट प्रक्रियामा एकलौटी भएकाले स्थगित गर्न माग गरेपछि विवाद सार्वजनिक भएको हो ।

एनआरएनए यूकेले च्यारिटि गरि संचित कोषबाट गैरआवासीय नेपालीका बारेमा समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्न स्थापना गरेको थियो । यसका लागि निर्देशिका बनिसकेको थियो । एनआरएनए प्रवक्ता भूषण घिमिरेले सो पुरस्कारको संचालन निर्देशिका विपरीत यस पटकको पुरस्कार सस्थापक एनआरएनए युके र नेपाल पत्रकार महासंघ यूकेलाई जानकारी नै नदिई नाम सार्वजनिक गरे ।

उनले जारी गरेको प्रेस नोटमा एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार लन्डनबाट पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने छ ।एनआरएनए अन्तर्राष्ट्र्रिय पत्रकारिता पुरस्कार २०१३ निर्देशिकाको धारा ५ (ख) र धारा ६ विपरीत गई पुरस्कार घोषणा संचार माध्यम मार्फत जानकारी आएकाले स्थगित गर्न माग फमागीले गरेका छन । यस पुरस्कारका कारण सेजन जस्तो संस्था पनि विवादमा पर्ने संभावना बढेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार बिजेताको निर्णय गरिएको हो ।

१ लाख रुपियाँ राशीको पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एकरएक जना पत्रकार वा संस्थालाई प्रदान गरिन्छ ।

इमेल जस्ताको तस्तै

श्री भवन भट्टज्यू,

अध्यक्ष, गैरआवासीय नेपाली संघ,

केन्द्रीय समिति, काठमाडौँ ।

विषय : पुरस्कार स्थगित गरिपाऊँ भन्ने बारे ।

महोदय,

उक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ युकेले युकेमा च्यारिटी कार्यक्रम गरी सञ्चित कोषबाट गैरआवासीय नेपालीका बारेमा समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्न ‘गैरआवासीय नेपाली पत्रकारिता पुरस्कार’ स्थापना गरिएको जानकारी नै छ । सो पुरस्कारको सञ्चालनको लागि सन् २०१३ मै एक निर्देशिका पनि जारी भई सोही अनुसार सञ्चालन हुँदै आएकोमा यसवर्ष यस पुरस्कारको संस्थापक एनआरएनए युके र नेपाल पत्रकार महासंघ युकेलाई कुनै जानकारी नै नदिई, कुनै परामर्श नै नगरी ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१३ निर्देशिका’ को धारा ५ (ख) र धारा ६ को विपरीत गई पुरस्कारको घोषणा गरिएको सञ्चारमाध्यममार्फत जानकारीमा आएकाले सो पुरस्कार हालका लागि स्थगित गरिदिन अनुरोध गर्दछु । निर्देशिका मुताविक विधिसम्मत ढंगले सरोकारवालाहरु छलफल नभएसम्म पत्रकार महा संघ बेलायत को समर्थन सहित सो पुरस्कारको लागि राशी रोक्का गरिदिन हुन अनुरोध गर्दछु ।

उक्त राशी को स्थापना काल देखी हाल सम्मको आय ब्ययको बारम्बार पत्रचार गरी रहदा पनि हाल सम्म कुनै विवरण नदर्साइेएको हुँदा सो विवरण प्राप्त नभए सम्म उक्त पुरुस्कारको राशी स्थगित गरी दिन हुन अनुरोध छ ।

धन्यवाद

With kind regards

Yog Kumar Phagami

निर्बर्तमान अध्यक्ष निर्बाचित आईईसी सदस्य

प्रतिक्रिया