२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए चुनाव : कुल आचार्यको प्यानल घोषणा (उम्मेदवारको सूचीसहित)

910 Shares
Spread the love

काठमाडौं,  गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । संघको नेतृत्वको लागि चुनावी मैदानमा कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् छ । अध्यक्षका उम्मेदवार आचार्यले  पत्रकार सम्मेलन गरेर आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् ।

सोमबार अपरान्ह होटल रोयल सिंगेमा पत्रकार सम्मेलन गर्दै आचार्यले आफ्नो प्यानल घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षमा अमेरिका निवासी डा. केशव पौडेल, कतार निवासी नरेन्द्र भाट, अष्ट्रेलिया निवासी मन केसी र अमेरिका निवासी रविना थापा छन् । त्यस्तै, महासचिवमा बेल्जियम निवासी जानकी गुरुङ र कोषाध्यक्षमा बेलायत निवासी सोम सापकोटा उम्मेदवार बनेका छन् ।

आचार्यले एनआरएनएलाई सबै गैरआवासीय नेपालीहरुको अपनत्व महसुस गर्ने साझा संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्। काठमाडौंमा मंगलबारदेखि सुरु हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनको पूर्वसन्ध्यामा १० बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘गैरआवासीय नेपाली संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा र अपनत्व महशुस हुने खालको संस्था निर्माण गर्न मैले आफ्ना उम्मेद्वारी घोषणासँगै १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छु’, उनले भनेका छन्,’संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउन मैले आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना अघि सारेको छु।’

प्रतिक्रिया