२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अन्तर्रराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार पत्रकारद्धय लुईटेल र गौतमलाई

1416 Shares
Spread the love

काठमाडौँ  । यस बर्षको अन्तर्रराष्ट्रिय  सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्धय श्याम लुईटेल यूकेबाट र यूवराज गौतम नेपालबाट संयुक्त रुपमा पुरष्कृत गर्ने निर्णय गरिएको छ । 

प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाई रहेका पत्रकार लुईटेल वीनेपाल डट कमका सम्पादक मण्डलमा छन भने गौतम इमेज  खवर डटकमको डेस्क इडिटर हुन ।

दुई दशक लामो पत्रकारिताको अनुभव भएका पत्रकार लुईटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुदै डायस्पोराको बेलायतमा संचालित न्यूज पोर्टल  वीनेपाली डटकममा सकृय छन । समाजशास्त्रमा स्नाकोत्तर तह उत्तिर्ण गरेका लुईटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष  हुन । पत्रकार गौतम करीव दुई दशकदेखि नेपाली पत्रकारितामा सकृय छन ।

नेपाल र विदेशमा एनआरएनएका बारेमा कमल चलाउने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापित अन्तर्रराष्ट्रिय  सीतादेवी अनलाइन पत्रकारिता पुरस्कारका स्थापना गरिएको थियो ।  गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जीवि ढकालकी  स्वर्गीय माता सीतादेवी ढकालको  नाममा स्थापित  गरिएको सो  पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ ।

 पुरस्कारको राशी ५ सय अमेरिका डलर सहित प्रमाण पत्र रहेको छ  । यस बर्ष संयुक्त रुपमा वितरण गर्न लागिएको हो । 

यसअघि सो पुरस्कार युवा पत्रकार कृष्ण ढुगांनाले पाएका थिए  ।यो वर्ष  एनआरएनएको नवौं विश्व सम्मेलनका अवसरमा काठमाडौँमा उक्त पुरस्कार प्रदान गरिने संस्थापक ढकालले बताए।

प्रतिक्रिया