अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को तेस्रो सम्मेलनबाट कमला दाहाल अध्यक्ष निर्वाचित भएकी छन् । भर्खरै काठमाडौंमा सम्पन्न तेश्रो विश्व सम्मेलनमा उनी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । निर्वाचित भए लगत्तै दाहालले काठमाडौंमा इनासकाे निजि भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन्।

विश्वभरका नेपाली कलाकारलाई एकताबद्ध गराउँदै वर्तमान समयसम्म सफलतापूर्वक ल्याउन सफल निवर्तमान अध्यक्ष पुष्प बरुवाललाई विशेष धन्यावाद दिदै कलाकार , भाषा , सस्कृति संरक्षणमा आफ्ना सम्पूर्ण सिप , समय र क्षमता प्रयोग गर्ने प्रतिवद्दता ब्यक्त गरेकी छिन ।
त्यसैगरी, सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र थापा, उपाध्यक्षहरुमा साबु गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत चुनिएका छन ।
इनास युकेका मुख्य संरक्षक तथा समाजसेवी , अभिनेता मनिष कुमार श्रेष्ठलाई पुन: ग्लोबल महासचिवको जिम्मेवारी दीइएको छ ।
क्रमश: सचिवमा हरि शर्मा, कोषाध्यक्षमा कुलराज थापा, युरोप संयोजकमा सन्त कुमार थापा, अष्ट्रेलिया संयोजकमा सुशिल चालिसे, एसिया संयोजकमा लोकराज अधिकारी र मिडिया संयोजकमा मोहराज शर्मा निर्वाचित भएका छन् ।
विश्वभरका ७२ भन्दा बढी देशमा सञ्जाल विस्तार रहेको इनासले भालि (साेमबार) काठमाडौंमा छैटौं इनास अवार्ड हस्तान्तरण गर्ने भएकाे छ । नेपाली भाषा ,संस्कृति र कलाको क्षेत्रमा प्रवासमा रही महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आएको यस संस्थाले एनआरएनए , विभिन्न देशमा रहेका नेपाली दुतावास , समाजसेवी सम्पूर्णसंग सहकार्य गर्दै आफ्नो भूमिकालाई सफलता पूर्वक निर्वाह गर्दै आएको छ ।