२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरिया पुगेको १७ दिनमै नेपाली युवकको मृत्यु

677 Shares
Spread the love

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेतको पञ्चपुरी नगरपालिका–२ का २३ वर्षीय थीरबहादुर दर्लामीको दुर्घटनामा परी मृत्यु भएको छ ।

इपिएसमार्फत कोरिया पुगको दर्लामीको थेजनमा रहेको थेयङ गुम्सोक खोङअप कम्पनीमा कार्यरत थिए । कम्पनीमा काम गरिरहेका बेला माथिबाट गह्रुगो वस्तु झरेर लाग्दा उनी घाइते भएका थिए ।

दुर्घटनालगत्तै नजिकैको हस्पिटल पुर्‍याइएको थियो । तर, गम्भीर चोट लागेको उनको उपचारका क्रममै असोज २५ गते बिहान १० बजे मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष पुष्कर बुढाथोकीले जानाकारी दिए।

दर्लामीको मृत्युबारे दक्षिण कोरियास्थित नेपाली दुतावासमा जानाकारी गराइएको छ । तर, पुलिस रिपोर्ट आएपछि मात्र घटनास्थल पुग्ने दूतावास स्रोतले बताएको छ ।

दर्लामी १७ दिन अगाडि मात्रै दक्षिण कोरिया पुगेका थिए ।

प्रतिक्रिया