काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बिश्व सम्मेलनमा आगामी अध्यक्षका उम्मेदवारहरुको प्रतिप्रर्धामा रहेका कुल आचार्य र कुमार पन्तको चुनावी प्रणामको नतिजा आकलन गर्न एनआरएन दिवस देखि सतहमा देखा पर्न सुरु भएका छ।
एनआरएन दिवसको उपलक्ष्यमा एनआरएनएको केन्द्रिय कार्यालयमा एनआरएनए झण्डा उत्तलन कार्यक्रममा भएको बिश्व भरबाट आएका एनआरएनहरुको भेटघाट कार्यक्रममा अध्यक्षका उम्मेदवार कुल आचार्यको पक्षमा धेरै ठुलो जनलहर देखा परेकोछ। एनआरएनएलाई एउटा स्वच्छ र बिशुद्ध एनआरएनहरुको संस्था बनाउनु पर्ने सहभागी सबै एनआरएनहरुको एउटै आवज कार्यक्रममा गुञ्जियो। गत १० बर्ष देखि एनआरएनएको नाममा व्यक्तिगत स्वार्थ पुरा गर्न चलाउदै आएको सिण्डिकेट्को निरंकुसताले अत्तालिएका एनआरएनहरुले यस पटक भने मुक्ति पाउने संकेत देखा परेकाछन।
यस पटक एनआरएनएमा कुल आचार्यको आगामी नेतृत्वसंगै नया परिबर्तनहरु आउने आशा र भरोसाका साथ विश्व भरका एनआरएनका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुदैछन। एनआरएनएको नाममा एकतर्फी केहि व्यक्तिहरुको स्वार्थ सिद्ध गर्ने कामले एनआरएनहरुलाई प्रयोग गर्दै करोडौ र अरबौ कमाई गरी सके तर संस्थालाई भिखारी बनाउने आडम्वरी सोचको अन्त्यको लागी परिबर्तनसहितको कुल आचार्यको नेतृत्व नै अपरिहार्य भएको सबैको एउटै ठहरसितको आवाज थियो।
एनआरएनएमा १० वर्ष देखि चल्दै आएको सिन्डिकेटको बिरासतबाट उम्मेदवार बनेका अध्यक्षको प्रतिस्पर्धी कुमार पन्तले पुर्व एमालेहरुको सहयोग र समर्थनमा सत्ता र सक्तिको दुरुपयोग गरेर भए पनि एनआरएनएको नेतृत्व हात पार्न सामदाम दण्ड भेदको प्रयोग गर्ने लक्षणहरु देखाउदै आएका छन। संस्थालाई संस्थागत र नेतृत्व बिकासको बाधक रहेको सिण्डिकेट कुमार पन्तको पक्षमा खुलेरै प्रचारमा लागी रहेको देखिएकोछ। एनआरएनहरुको पैसाबाट अरब पति बन्दै आएका सिण्डिकेटका नाइकेहरुले भ्रमात्मक समाचारहरु र नकारात्मक संदेशहरु प्रभाह गर्ने चलखेल गर्दै आईरहेकाछन। एनआरएनएको सिङ्गो सचिबालय र निर्वाचन आयोगलाई समेत प्रभाव पार्ने काम सिण्डिकेटका नाइकेहरुले गर्ने संकेतहरु देखा पर्दै आईसकेका छन।
एनआरएनएमा प्रत्येक्ष नेपाली राजनीतिलाई प्रवेश गराउने पहिलो ब्यक्तिनै कुमार पन्त भएको प्रमाण एनआरएनएको ईतिहासलाई फर्किएर हेर्दा २०११मा कुमार पन्त युरोप संयोजक हुदा नेपाली कांग्रेसका नेताहरु बोलाएर नेपाली चुलो रेस्टुरेण्टमा समर्थनको गुहार लगाएको र २०१३ सालमा महासचिबको उम्मेदवार भन्दा बिश्व सम्मेलन स्थान सोल्टीहोटेलमा पुर्व एमाले नेता भिम रावललाई बोलाएर महासचिवमा कुमार पन्तसहित सबै पदहरुका उम्मेदवारहरुको निर्णय गरेको एनआरएनएको ईतिहास साँक्षी छ।कुमार पन्त जस्तै पुर्व एमाले समर्थक अर्का महासचिबका उम्मेदवार बन्न खोज्ने धुर्व सुबेदीलाई निरुत्साहित गरिएको थियो।
एनआरएनएमा राजनीति सुत्रधारका ब्रिजापोरोपण गर्ने पहिलो व्यक्ति कुमार पन्त हुन। एनआरएनएको बिधान अनुसार निर्वाचनमा कुनै समूह र गुट तथा प्यानल बनाउन दिएको छैन तर कुमार पन्त भने बिधान बिपरित सधै सिण्डिकेटले बनाएको गुटको प्यानलबाट चुनाव जित्दै उपाध्यक्ष सम्म र अहिले अध्यक्षको उम्मेदवार बन्न सफल भएकाछन तर एनआरएनएको बिधानलाई कार्यानन्वय गर्ने पक्ष भने सिण्डिकेटको कारणले सधै मौन रहदै आएकोछ।
बिधान बिपरित एनआरएनएको ९ औ बिश्व सम्मेलनमा पनि सिण्डिकेटले कुमार पन्तको प्यानलको नाम बिभिन्न संचार माध्याम र सामाजिक संजालमा सार्वजनिक गर्दै आईरहेको छ।एनआरएनएको बिधि, बिधान, नियम र प्रकृयालाई सिण्डिकेटले आफ्नो मुठ्ठीमा च्याप्दै निर्वाचन प्रकृयालाई पनि सधै प्रभाव पारी निर्वाचको परिणाम सधै आफ्नो पक्षमा पार्ने गरेकोमा यस पालीको ९ औ एनआरएनएको बिश्व सम्मेलनमा ८१ देशहरुबाट आउने सबै एनआरएनएका प्रतिनिधिहरुले आफ्नो मतको सदपयोग गर्दै कुल आचार्यको पक्षमा मतदान गर्ने देखे पछि सिण्डिकेट आत्तिएर छट्पट्टाएको अवस्था सिर्जना भएकोछ।