२०८३, २३ कार्तिक आईतवार
×

कामसूत्रको नयाँ भर्सनमा सन्नी लियोनी (फोटोफिचर)

2268 Shares

एजेन्सी । रागिनी एमएमएस–२ बाट बलिउड प्रवेश गरेकी सन्नी लियोनीले कामसूत्रको नयाँ भर्सनमा अभियन गर्ने भएकी छन्।

भारतीय पत्रिका मिडडे टाइम्सका अनुसार एकता कपुरको सो वेब सिरिजमा ‘हट’ सन्नीले अभियन गर्ने पक्का भएको छ।

सन्नीले फिल्मको कथाबस्तुबारे एकताबाट जानकारी लिइसकेकी छन्। वात्सायन रचित कामसूत्र पूर्वीय समाजमा यौनशास्त्रको रुपमा पनि चर्चित रहेको छ।

सन्नीले सो फिल्ममा १३ औँ शताब्दीतिर राजस्थानमा रहने गोली जातको महिलाको भूमिका निभाउने छिन्।

गोलीहरु सो बेला राजाको रखैलको भूमिकामा रहन्थे। कामवासनासँग जोडिएको कामसूत्रलाई आधार बनाएर यसअघि पनि केही सिनेमाहरु बनेका छन्।

रेखा र ईन्दिरा वर्मा अभिनित कामसूत्रस् अ टेल अफ लभ यही पुस्तकमा आधारित छ। मिरा नायरले निर्देशन गरेको यो फिल्मले केही अन्तर्राष्ट्रिय पुरस्कार जिते पनि भारत र पाकिस्तानमा भने प्रदर्शनमा रोक लगाइएको थियो।

प्रतिक्रिया