२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डीबी क्षेत्री र महेश श्रेस्ठ आचार्यको फाइनल टिममा : पन्तलाई धक्का

1152 Shares
Spread the love

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्।

आचार्य निकट सूत्रका अनुसार उनको टिममा मन केसी, जानकी गुरुङ, डा. केशब पौडेल, डीबी क्षेत्री, महेश श्रेष्ठ, किरण विक्रम थापा, त्रिलोक गुरुङ र सोम सापकोटा रहने टुंगो लागेको छ। एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष लोक दाहालको पनि आचार्यलाई नै सहयोग हुने सूत्रको दावी छ। “उहांहरु कुन पदमा लड्ने भन्ने पनि मोटामोटी सहमति बनेको छ, यसको घोषणा छिट्टै हुनेछ,” सूत्रले भने।

यस अघि जापानस्थित एकजना सफल व्यवसायी महेश श्रेष्ठ अध्यक्ष पदका अर्का प्रत्यासी कुमार पन्तको टिमबाट कोषाध्यक्षको पदमा चुनाव लड्ने भनेर चर्चा चलेको थियो। तर कुल आचार्यको टिमबाट चुनाव लड्ने श्रेष्ठको निर्णय पन्तको टिमका लागि एक धक्का भएको जानकारहरु बताउंछन् ।

आचार्यलाई महासचिवको छनोट गर्न केही गार्हो हुने देखिएको छ । जानकी गुरुङ, डा केशब पौडेल र डीबी क्षेत्री तीनै जना महासचिव पदका प्रत्यासी ठानिएको छ। तर ती तीनजना मध्ये एकजना महासचिब र अन्य दुइ जना अन्य पदमा जान सक्ने बताइएको छ ।

एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा एनआरएनएका पूर्व प्रवक्ता मन केसीले यस अघि नै कुल आचार्यको टिमबाट उपाध्यक्षको उम्मेदवारी दिने बताइसकेका छन् ।

कुमार पन्तले पनि आफ्नी टिमलाई अन्तिम रुप दिंदै गरेको उनी निकट सूत्रले जनाएका छन्।

प्रतिक्रिया