२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सहमतिको हल्ला लोकतान्त्रिक पद्धतिमा विश्वास नहुने पराजित मानसिकता हो : कुल आचार्य

1349 Shares
Spread the love

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफु चुनावी मैदानबाट पछाडी नहट्ने बताएका छन्।

संघको आगामी नेतृत्व चयनमा अध्यक्षका प्रत्यासी आचार्य र अर्का कुमार पन्तवीच सहमति हुने भन्दै नियोजित रुपमा हल्ला फैलाइएको भन्दै आचार्यले खण्डन गरेका हुन् ।

‘म र मेरा मित्र कुमार पन्तबीच प्रजातान्त्रिक ढंगबाट चुनाब लड्ने सहमति पहिल्यै भैसकेको हो र सोही अनुसार हामी चुनावी मैदानमा प्रतिस्पर्धामा छौं,’ आचार्यले भने ‘यो कुरा मैले मेरो उम्मेदवारी घोषणाको क्रममा बेलायतमै भनेको हुं, तर अझै पनि सहमतिको नाममा भ्रम फैलाउने क्रम जारी नै रहेकाले त्यस्तो भ्रममा नपर्न म सबै डेलिगेट साथीहरु लगायत गैर आवासीय नेपाली समुदायलाई आग्रह गर्दछु ।’

आचार्यले संघलाई संसारभर फैलिएका गैरआवासीय नेपालीको साझा संस्था बनाउन आफुले अध्यक्षमा उम्मेद्धारी दिएको बताए । ‘गैर आवासीय नेपाली संघलाई संसारभरिका सबै एनआरएनहरु अटाउने साझा संस्थाको रुपमा विकास गर्नु पर्ने अहिलेको चुनौती हो, त्यसकै लागि मेरो उम्मेदवारी पनि हो,’ उनले भने ‘सशक्त एनआरएनए बनाउन अहिले गतिशील नेतृत्व चाहिएको छ। मलाई विश्वास छ संसारभरबाट आउनु भएका प्रतिनिधि साथीहरुले आफ्नो विवेक प्रयोग गरी नयां नेतृत्व चयन गर्नु हुनेछ।’

आचार्यले यसै महिनाको शुरुमा बेलायतमा एक कार्यक्रम आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै १० बुंदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए। संघको नवौं विश्वसम्मेलन तथा अन्र्तराष्टिय अधिवेशन अक्टोवर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया