२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतमा नेपाली युवती हत्याको आरोपमा ३ जना पक्राउ

2221 Shares
Spread the love

लण्डन : बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले चिनिने ३२ वर्षीया शुभेक्षा बुराथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार बिहान उनकै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै मृत्‍यु भएको बताइएको  छ। बिहान करिब साढे  ८ बजेको समयमा छुरा प्रहारको सुचना  पाएलगत्तै प्रहरीको टोली पुग्दा बुराथोकीको ज्यान गइसकेको थियो।

पोस्टमार्टम रिपोर्टले पनि मृतकका शरीरका धेरै  ठाउँमा छुरा प्रहार भएको देखाएको छ ।

लेष्टर प्रहरीले बिहीबार एक वक्तव्य जारी गर्दै ‘फातिमा’ नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुराथोकी रहेको र उनी नेपाली रहेको पुष्टी गरेको छ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जना अनुसन्धानको लागि पक्राउ गरेका छन् । पक्राउपर्नेको नाम प्रहरीले गोप्य राखेको छ । प्रहरीद्वारा जारी वक्तव्य अनुसार हत्याको आरोपमा एक २९ बर्षीय पुरुष हत्यागर्न सहयोग गरेको आरोपमा अर्का  २९ बर्षीय पुरुष र हत्यागर्न  सहयोग गरेको आरोपमा ३३ बर्षीय महिला प्रहरी अनुसन्धानको लागि हिरासतमा राखेको जानकारी दिएको छ ।

यो केसको अनुसन्धान बेलायतको  इष्ट मिडल्यान्ड स्पेसल अपरेसन युनिटका इन्स्पेक्टर मार्क सिन्स्कीको नेतृत्वमा प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया