२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

जोशीको सूची एनसीसी अमेरिकाले नबनाएकाले अवैद्य हुनसक्ने : अध्यक्ष भट्ट जोशीसंग रुष्ट

951 Shares
Spread the love

काठमाण्डौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडोैं-कुम्भमेला सुरू हुन अब केही दिन मात्रै बाँकि छ । यही अक्टोबर १५ देखि १७ सम्म आयोजना हुने यो कुम्भमेलाका लागि ठूलो संख्यामा एनआरएन अगुवाहरू काठमाडौै पुगेका छन् भने केही काठमाडोैतिर लागिरहेका तस्बिरले सामाजिक सञ्जालका भित्ताहरू रंगिएका देखिन्छन् ।

यो कुम्भमेलामा अमेरिकाबाट १६८ सामान्य र १५ आइसीसी प्रतिनिधि गरी १८३ प्रतिनिधि सहभागी हुन सक्छन् । तर, विगतमा झै यसपटक पनि को को सहभागी हुने भन्ने रडाको अझै सकिएको छैन । अहिल पनि अमेरिकाका दुईवटा सूची एनआरएनए अन्तर्राष्ट्रिय संयोजन समितिको सचिवालयमा पुगेका छन् ।

एनआरएनए अमेरिकाले १८२ जनाको सूची पठाएको छ भने त्यसलाई मान्यता नदिएका क्षेत्रीय संयोजक गौरी जोशीले ६१ जनाको सूची एनआरएनए अन्तर्राष्ट्रिय संयोजन समितिको सचिवालयमा पठाएका छन् । दुबै सूचीलाई जोड्दा अमेरिकाबाट २४४ जना प्रतिनिधिको नाम पुगेको छ । तर, भाग लिन पाउँनेको संख्या भने अधिकतम १८३ मात्र हो, त्यसमा पनि १५ जना त सुनिश्चित छ, बाँकि १६८ जनाको छिनोफानो कसरी हुने हो, त्यो भने हर्न बाँकि छ । दुईतिरमध्य एउटा सूचीमा नाम चढेर पनि ५९ जना प्रतिनिधि हुन पाउँदैनन् र उनीहरू मतदान प्रक्रियाबाट समेत बञ्चित हुन्छन ।

दुबै सूचीमा नाम भएकाहरू कोही काठमाडोैं पुगिसकेका छन् भने कोही पुग्ने क्रम जारी छ ।

एनआरएनए अमेरिकाले देखाउने यो जात्रा नयाँ हैन, यसअघि पनि त्यस्तो जात्रा देखाएकै हो । गत महाधिवेशनमा त तत्कालिन अध्यक्ष डा. केशव पौडेलको केही मर्मत पनि भएकै हो । यसपटक पनि विगतबाट पाठ नपढेको एनआरएन अमेरिकाका लागि पुरानै कथा दोहोरिने सम्भावना प्रवल छ ।

यस प्रश्नको उत्तर एउटै आउने अवस्था अझै बनिसकेको छैन । दुबै पक्षकाले आआफ्नो सूचीको वकालत गरेका छन् । क्षेत्रीय संयोजक जोशी आफूले पठाएको सूची एनआरएनए आइसीसीको मापदण्डअनुसार भएकाले आफ्नो सूचीका सबैले भाग लिन पाउने ठान्छन् । उनका अनुसार ६१ जना त्यही सूचीका प्रतिनिधि रहन्छन् भने बाँकि १२२ जना एनआरएनए अमरिकाले पठाएको सूचीका प्रतिनिधि हुन्छन् । एनआरएनए आईसीसीको विधानमा सम्बन्धित क्षेत्रको क्षेत्रीय संयोजकले सिफारिस गरेको हुनुपर्छ भन्ने छ । यसरी हेर्दा जोशीले पठाएको सूचीले मान्यता पाउँने देखिन्छ । तर, त्यो सूची सम्बन्धित देशको एनसीसीले बनाएको हुनुपर्छ । जोशीको सूची एनसीसी अमेरिकाले नबनाएकाले यो सूची पनि पूरै वैद्य होइन ।

गौरी जोशीको एनआरएनएको इन्ट्री नै विवादास्पद रुपमा :अध्यक्ष भट्ट रुष्ट

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबर १५-१७ मा काठमाण्डौमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशीको अवैधानिक कार्यको संघ भित्र चर्को विरोध भै रहेको छ।

एनआरएन अमेरिकाको निर्वाचित र वैधानिक कार्य समितिले गरेको डेलिगेट्स छनोट प्रक्रियालाई अवरुद्ध गर्न जोशीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधी छनौटका सम्बन्धमा ” यस पूर्व भएका निर्णय र मापदण्ड बिपरित प्रतिनिधी छनौट गरिएकाले” गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य प्रकाश सापकोटाको संयोजकत्वमा पांच सदस्यीय जॉंचबुझ, छानबिन तथा पुन: सिफारिस समिति गठन गरेको जानकारी गराएका छन् । साथै उक्त समितिलाई पॉंचदिन भित्र प्रतिनिधी छनौटमा प्रक्रियामा भएका त्रुटीलाई पुनरावलोकन गरी संघले निर्धारण गरेको मापदण्ड बमोजिम प्रतिनिधी छनौट गरी अमेरिकाज् क्षेत्रीय संयोजकलाई पठाउनु भनी उनले निर्देशन पनि दिएका छन् ।

केन्द्रीय अध्यक्षका एक उम्मेदवार कुमार पन्तको समूहबाट सचिव पदका उम्मेदवार जोशीले विधानले दिंदै नदिएको अधिकारको हवाला दिदै तथाकथित छानबिन समिति गठन गरेको खबर सुनेर एनआरएनकर्मीहरु छक्क परेका छन् । “प्रजातान्त्रिक ढंगले निर्वाचित एनआरएन एनसीसीको अधिकार क्षेत्रलाई मिचेर कथित छानबिन गराउने अधिकार क्षेत्रीय संयोजकलाई छैन। यसले संस्थाभित्र भांडभैलोको स्थिति ल्याउने पक्का छ, ” एनआरएन युकेका निवर्तमान महासचिव आरके त्रिपाठीले भने। उनले एनसीसीहरुलाई तोकिएको मापदण्ड पुरा गरी प्रतितिनिधि छनोट गर्न दिन माग पनि गरे।

जोशीको त्यस्तो कामबाट संघका केन्द्रीय अध्यक्ष भबन भट्ट रुष्ट भएको सूत्रहरुले बताएका छन्। उनले नचाहिंदो विवाद सिर्जना नगर्न जोशीलाई चेतावनी दिने पनि बताइएको छ । गैर आवासीय नेपाली संघ केन्द्रको बिश्व सम्मेलन संगै चुनावी सरगर्मी बढ्दै जांदा लोकतान्त्रिक धारको मत प्रस्ट रुपमा अगाडी देखिएपछि विभिन्न समूह र गिरोहहरु चलखेलमा लागेका खबरहरु सामाजिक संजालमा आउन थालेका छन् ।

यसैबीच नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले एनआरएन जर्मनीले प्रकाशित गरेको पंजीकृत सदस्यहरुको (एमआईएस) सिस्टमको नामावलीमा एक दिन पहिलासम्म यथावत एमआइस सिस्टमको लिस्टमा भएका नामहरुलाई शुक्रबार धेरै काट्छाट र फेरबदल गरी प्रकासित गरिएको जनाएका छन् ।

“एनआरएनए जर्मनीको यस्तो गतिविधिले के स्पस्ट हुन्छ भने आफुलाई मन नपर्ने र आफ्नो पक्षमा नभएका व्यक्तिहरुको नाम लिष्टबाट हटाउनु अति नै दुखद र खेदपूर्ण तथा आपत्तिजनक छ। सहमति, सहकार्यले नै एनआरएनए जर्मनीको आगामी दिनहरुका कार्ययोजनाहरुको मार्ग निर्देशन गर्ने भएकोले संघले गरेको लापर्वाही, गल्ती र कमी कमजोरीलाई सुधार गरी समयावधि भित्र सच्चिन हार्दिक अनुरोध छ। यस्ता संवेदनशील बिषयमा एनआरएनए जर्मनीले लापर्वाही गरी सुधार नगरेको खण्डमा दूर्भाग्यपूर्ण परिस्थितिको निर्माण हुनसक्ने संभावना देखिएकोले यो जानकारी गराएका छौं। आगामी दिनहरुमा यस्तो खालको घृणित कार्यहरु नदोहराउन पनि सचेत गर्दछौ,” उनले एक वक्तव्यमा भनेका छन् ।

गौरी जोशीको एनआरएनएको इन्ट्री नै विवादास्पद रुपमा भएको हो । विधानत उनी अध्यक्षका लागि अयोग्य थिए । तर पैसा भए पछि एनआरएनमा सबै कुरा गौण हुन भन्ने मान्यता बोक्ने जोशी आफु अध्यक्षको उमेदवार बन्न पाउनु पर्छ भन्दै अदालत सम्म पुगे । पछि क्षेत्रिय स‌ंयोजकको पद पक्का भए पछि उनी कानुनी प्रक्रियाबाट बाहिरिएका थिए ।

पद भन्दा पनि संस्थाको प्रगति चाहेको भए उनले एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि योग्य हो होइन भन्ने कानुनी व्याख्या अदालतबाट गराउदा भविश्यमा पनि नजिर बस्ने थियो । तर उनी संस्थालाई संस्थागत बनाउन भन्दा पनि आफु अब कसरी पदमा र चर्चामा आउने भन्ने उद्देश्य हो भन्ने प्रष्ट देखिन्थो । त्यसो त उनले आफु सचिव पदमा कुमार पन्तको टिममा पर्ने संकेत पाए पछि एनआरएनए अमेरिकाको निर्वाचन रोक्ने र अमेरिकाको कार्यसमितलाई खारेज गर्दै आफु अनुकुलको तदर्थ समिति नै बनाउन लागेका थिए । उनको सो प्रयास एनआरएन आइसीसी अध्यक्ष भवन भट्टका कारण विफल भएको थियो ।

प्रतिक्रिया