२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

को हुन् एनआरएन उपाध्यक्ष पदका उम्मेदवार मन केसी ?

1168 Shares
Spread the love

काठमाडौँ । यही अक्टोबर १५ देखि १७ तारिख सम्म काठमाडौँ मा आयोजना हुन लागेको गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार मन केसी एनआरएन समुदायभित्र परिचित नाम हुन् ।

अस्ट्रेलियामा शैक्षिक क्षेत्रमा सफल व्यवसायीको रुपमा चिनिने केसीले यस अघि डा शेष घलेको कार्यकालमा गैर आवासीय नेपाली संघका केन्द्रीय प्रवक्ताको जिम्मा सम्हाली सकेका छन् । मिलनसार, मृदुभाषी तथा स्पष्ट वक्ता केसी गएको झन्डै १५ वर्ष देखि एनआरएन अभियानमा संलग्न छन् ।

सन् २००५-०७ मा गैर आवासीय नेपाली संघको अस्ट्रेलिया शाखाको संस्थापक अध्यक्षको रुपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेका केसीले त्यस यता विभिन्न जिम्मेबारी सम्हाली सकेका छन्। २०११-१३ मा ओसनिया क्षेत्रका लागि क्षेत्रीय संयोजक र २०१५-१७ मा केन्द्रीय प्रवक्ता को भूमिका उनले निर्वाह गरे। २०१५-१७ मा उनी आइसीसीका सल्लाहकार थिए।

गुल्मीमा जन्मिएका केसीले ज्ञानोदय माध्यमिक विद्यालयबाट एसएलसी, पाटन क्याम्पसबाट आइएस्सी र केन्द्रिय प्रविधि क्याम्पस, हात्तिसार, धरानबाट बिटेक पुरा गरे। त्यसपछि नेपालमा काठमान्डू डेरी, युनाइटेड मिसन टू नेपाल (यु एम एन) नामक आइएनजिओ र आफ्नै कन्सल्टिंगको काम गरे पश्चात १९९६ मा उनी अस्ट्रेलिया प्रस्थान गरे। अस्ट्रेलियाबाट एमबिए, बिएल लगाएत विभिन्न विधामा अध्ययन गरे पछि उनले सन् १९९८ देखि आफ्नै व्यवसाय शुरु गरे।

विगत करिब पन्ध्र वर्ष देखि शिक्षा क्षेत्रमा व्यावसायिक रुपमा संलग्न केसी हाल सिड्नीस्थित साउदर्न एकेडमी अफ बिजिनेस एण्ड टेक्नोलोजी लगायतका संस्थाहरुमा सीइओका रुपमा कार्यरत छन् ।

“सुरक्षित वैदेशिक रोजगार, शिक्षाको गुणस्तरीयता, संस्थालाई संस्थागत गर्ने, दूरगामी भिजन, दोस्रो पुस्तालाई सशक्त तुल्याउने, महिला सहभागिता बढाउने मेरा प्राथमिकता हुन् । ती सबै एजेण्डा भिजन २०२० भित्र समेटिएका छन्,” केसीले भने।

“तपाइको शरीर स्वस्थ छ भने मात्र तपाई कुनै पनि खेल वा व्यायाम गर्न सक्नु हुन्छा। त्यस्तै संस्था बलियो भए मात्र यसले आफ्नो लक्ष प्राप्त गर्न सक्छ। त्यसैले संस्था लाई बलियो र प्रभावकारी बनाउने कुरामा मेरो जोड हुनेछ,” केसीले भने। उनले संस्थाको आर्थिक श्रोत सुदृढ गरेर संस्थालाई सबल बनाउन पनि आफुले काम गर्ने बताए ।

स्मार्ट एनआरएनए बनाउने योजना अघि सारेका केसीले कुल आचार्य नेतृत्वको समूहबाट उम्मेदवारी दिने तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया