२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भेटघाटलाई तिब्रता दिदै एनआरएन सचिव पदका उम्मेदवार अधिकारी भन्छन् नतिजा मेरो पक्षमा आउँछ

1818 Shares
Spread the love

काठमाडौँ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) सचिवमा  विनय अधिकारीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेपाल संसारसंग टेलिफोनमा कुरागर्दै  उम्मेदवार बनेका अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले एनआरएनमा अब युवा जमातले नेतृत्व गर्नुपर्ने र नेतृत्व तहमा युवा जमातको पक्कट जमाउन आफ्‍नो सचिवमा उम्मेदवारी रहने बताए । अधिकारीले भने साथीहरुसंग तिब्र रुपमा  भेटघाट हुँदैछ हामी नतिजा मेरो पक्षमा आउँनेमा ढुक्क छु । बिश्वभरका गैर आवासीय नेपाली संघ एनसिसिका केन्द्रिय प्रतिनिधिहरु र मतदाताहरुको काठमाडौँ पुगिसकेका छन् ।

नेपालको हरेक क्षेत्रमा काम  गर्दै  आएका अधिकारी  युवा अवस्थामै अध्ययन र कामको सिलसिलामा कतारमा गएका  थिए । कतार र दुवईमा गरि  करिब एक दसक बिताएको उनले  मजदूरहरुको पिडा प्रत्यक्ष रुपमा अनुभव गरेका छन् ।

जीवनको यात्रा संगै अधिकारी  यूके प्रस्थान गरे  । उनि  तल्लो तहदेखि काम गर्दे आएकोले  होला   विशेष गरि मध्यपूर्वमा नेपाली श्रमिकहरुले के कस्तो समस्या भोग्नु पर्छ भन्ने स्पष्ट जानकार छन् ।

बेलायतमा बसे पनि विशेष गरि मध्य पूर्वको समस्यालाई नै पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने अधिकारी  एनआरएनको सचिवमा उम्मेदवार हुँदा अर्को  प्रमुख एजेन्डा नेपाली नागरिकताको निरन्तरता पनि राखेका छन्  । अहिले संसदमा विचारधीन रहेको नागरिकता विध्येक कार्यान्वयनमा नआएसम्म साँच्चो अर्थमा गैर आवासीय नेपालीको माग पूरा नहुने अधिकारीको बुझाई छ ।

एनआरएन नागरिकतासँगै मध्यपूर्व र मलेसियामा नेपाली श्रमिकका विकराल समस्यालाई समाधानतर्फ केन्द्रित हुने अधिकारीका कार्येयोजनहरु :

१ ) संस्थालाई सबै नेपालीको अपनत्व महशुस गराउने, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहीतको लागि एनआरएनलाई समर्पित गर्ने,

२ ) एनआरएन धनीको चन्दाले हैन गरीबको पसिनाले चलेको छ भन्ने कुराको पुष्टि गर्न अभियान सञ्चालन गर्ने

३ ) अर्थतन्त्रको एक तिहाई भाग रेमिटेन्समार्फत योगदान गर्ने मध्यपूर्वबाट संघर्ष गर्नेलाई साथ दिने

४ )  मजदूरहरुको सामाजिक सुरक्षाको मुद्दा उठान गर्ने, सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गर्न ।

५ )  दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउँमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने

६ ) एक प्रवासी नेपाली सँग कम्तीमा एक डलर लगानी गरौ  अभियान  सन्चालन  गर्ने  ।

प्रतिक्रिया