काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले गतिशिल र सबैको साझा संस्था बनाउका लागि आफू एनआरएनएको भावी अध्यक्षका रुपमा प्रस्तुत भएको बताएका छन् ।
नेपाल संसारसंग टेलिफोनमा कुरागर्दै उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बनेका आचार्यले सो कुरा बताएका हुन् । आचार्यले भने साथीहरुसंग तिब्र रुपमा भेटघाट हुँदैछ हामी नतिजा हाम्रो पक्षमा आउँनेमा ढुक्क छौ ।
बिश्वभरका गैर आवासीय नेपाली संघ एनसिसिका केन्द्रिय प्रतिनिधिहरु र मतदाताहरुको काठमाडौँ पुगिसकेका छन् । यस संगै नेत्रित्वको दावी गरिरहेका वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य मध्ये को बलियो ? भन्ने अड्कलबाजीहरु चल्न थालेका छन् । दुवै उपाध्यक्षहरु अध्यक्ष पदमा लड्ने घोषणा गरिसकेका छन् ।
जर्मन निवासी अध्यक्षका एक प्रत्यासी कुमार पन्त २००० सदस्य मात्र भएको जर्मनीबाट हुन् भने अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य १४००० सदस्य भएको बिश्वको सबै भन्दा ठुलो एनसीसी रहेको देशका उम्मेदवर हुन् । डेलिगेट्सको हिसाबमा पन्त जम्मा ३० भोट डेलिगेट्स भएको जर्मन बाट हुन् भने आचार्य २०० भोट भएको बेलायतबाट हुन् ।
आचार्यलाई बिश्वभरका लोकतान्त्रिक शक्तिहरुको समर्थन र अधिकाम्स पुर्व अध्यक्षहरुको सदासयता छ । २८०० डेलीगेट्सहरुको नाम संकलन हुदा आचार्य र उनको समावेसी टिम अगाडी देखिएकोले पन्त हच्किएको स्रोतको दावी छ ।
“पन्त हिम्मत नभएका यस अघिको कार्यकालमा नै हार स्वीकार गरी भवन भट्टलाई अध्यक्ष छोडी सकेका व्यक्ति हुन् न कुनै पनि उल्लेख्य योगदान नै गरेको देखिन्छ” आचार्य समर्थित एक डेलिगेट्सले बताए ।
गैर आवासीय नेपाली संघमा सिन्डिके कायम रहे झैं गरि चुनाव प्रचार गर्नु गैर लोकतान्त्रिक भएको जानकारहरु बताउने गर्छन ।आचार्यले चुनाव जित्ने पक्का भएपछि उनलाई मिडिया आक्रमण र प्रोपोगान्डा सुरु गरीएको छ ।
मिडियामा भ्रामक समाचार ल्याएर गैर आवासीय नेपाली हरुलाई प्रभाव पार्छु भन्ने शोच आफैमा गरिव र हरुवा शोच हो यसले आचार्यलाई नै फाइदा गरेको जानकारहरुको दावी छ ।
यस्ता भ्रामक खबर छाप्नेहरु समाजको नजरमा गिरेको र भोलिका दिनमा कहि अटाउन लायक नरहने भन्दै आफै मासिने तिनको नाम लिएर अनावस्यक भाउ दिन बेकार रहेको गैर आवासीय नेपाली संघ अगुवाहरुको राय छ ।