०४ अक्टोबर शुक्रबारको दिन नुवाकोट सेवा समाज कतारले आयोजना गरिएको बिजया दशमी बिशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम – सनैयामा अबस्थित (ह्वाइट हाउस) रेष्टुरेन्टमा शुभकामना आदानप्रदान तथा रमाइलो साँस्कृतिक कार्यक्रमको बिच भब्य रुपमा सम्पन्न भएको थियो।
संस्थाका अध्यक्ष हरिराम खड्काको सभापतित्वमा तथा प्रदेश नं. ३ समन्वय परिषद कतारका अध्यक्ष समीर क्षेत्रीको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा बिशेष अतिथि संस्थाका सल्लाहकारहरु, रामहरि अधिकारी, वाङ्जु लामा, नारायण भण्डारी “समाजसेवी”, हिरे तामाङ, क्रमशः रिदम कला केन्द्र कतारका अध्यक्ष गजेन्द्र मल्ल, सिन्धुली सेवा समाज कतारका प्रतिनिधि गंगाराम सुनुवार, काभ्रे सेवा समाज कतारका संरक्षक कमल प्रसाद घिमिरे, प्रमुख सल्लाहकार नन्द प्रसाद ढुंगाना, नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारका अध्यक्ष योगेन्द्र तामाङ, म्हेन्दो माया समाज कतारका अध्यक्ष प्रकाश मम्बा तामाङ, गोर्खा सेवा समाज कतारका निवर्तमान अध्यक्ष राकेश श्रेष्ठ, नुवाकोट संगम सेवा समाज कतारका महासचिव होङ्गा घले, पिटि अनलाइन न्युज दोहा संवाददाता डिबि तामाङ, लगायतका अन्य संस्थाका प्रतिनिधि हरुले शुभकामना मन्तव्य दिएका थिए।

दुई चरण बिचमा भएको साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकार, लोक दोहोरी गायक तथा सर्जक रामजी थापा मगर, गायक गौतम तामाङ, गायक पुर्णमान घलान तामाङ, गायक अभिजित घिमिरे, ओमकार श्रेष्ठ , अरुण योन्जन, प्रनिल तामाङ, डान्सरहरुमा आदम तामाङ, सुन्तु तामाङ, गायिका तथा डान्सर सुजता कोईराला लगायतका अन्य कलाकार हरुको धमाकेदार नृत्य तथा साङ्गितिक प्रस्तुतिले दशैमय मात्र नभई सबैलाई झुमाएका थियो।

प्रमुख अतिथी समीर क्षेत्रीले आफ्नो शुभकामना मन्तव्य तथा धारणा राख्ने क्रममा, प्रदेश नं. ३ अनतर्गत पर्ने कतारमा स्थापित जिल्ला संस्था, बैचारिक संघसंस्था हरुको उच्च समायोजनमा प्रदेश नं. ३ को मातहतमा सहकार्य रहने गरि आगामी सन् २०२० को जनवरी महिना भित्रनै दोहा कतारमा परोपकारी कोष संस्था निर्माण गरिने घोषणा गर्दै उक्त संस्थाले जुनसुकै बेलामा विभिन्न आपत्त, बिपत्तिमा आईपर्दा उक्त परोपकारि कोषबाट सहजै रिकभर गर्ने साथै विभिन्न सामाजिक परोपकारी, चेतना मूलक,बेग्लै पृथक कार्यक्रम भित्र्याउने भिजन रहेको उनले बताए।

कार्यक्रम संयोजक तथा संस्थाका महासचिव दिपेन्द्र घलेले आमन्त्रित अतिथीगण , कलाकारहरु, कार्यक्रम भब्य रूपमा सफलता बनाउन अहोरात्र खट्ने सम्पुर्ण नुवाकोटे तथा गैर नुवाकोटे प्रती सहयोगी हरुलाई बिशेष धन्यवाद तथा शुभकामना ब्यक्त गर्दै उनले एउटा आग्रह गरे जब जब हिन्दु नेपालीहरुको महान चाड दशै आउछन तब तब तामाङ जाति तथा अन्य अहिन्दु मुल बासिहरुले दशै बहिस्कार जस्ता कार्यक्रम ल्याउनु अति दु:खद कुरा हो। यस्ले पक्कै समाजमा राम्रो संदेश दिदैन। दशै हिन्दुहरुको चाड हो तर सबैको चाड लाई उतिकै संमान गरौं। धार्मिक,सामाजिक सद्भावना कायम राखौं। तामाङहरुको राष्ट्रिय चाड सोनाम ल्होछार लाई पनि सम्मान गरौं। सबैले मिलेर मनाउन आह्वान पनि गरेका थिए।
कार्यक्रम को अन्तमा सभापति हरिराम खड्काले कार्यक्रममा उपस्थित भएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरि कार्यक्रम सफलता पारेकोमा सम्पुर्णलाई धन्यवाद तथा बिजया दशमिको शुभकामना ब्यक्त गर्दै उनले कतार लाई कर्मथलो बनाईरहेका समस्त नुवाकोटे जिल्लाबासी दाजुभाई तथा दिदिबहिनीहरु आपसी सद्भावना थप प्रगाढ बनाउन, कतारमा वा नेपालमा नुवाकोट जिल्ला बासीलाई मात्र नभई नेपालीहरुलाइ भैइपरी आउने समस्या, बिपत्तिमा, दुखमा साथ दिनको लागि संस्थाले सामाजिक कार्यमा सक्दो योगदान पुर्याउदै आईरहेको यस संस्थालाई अझै तीब्र रूपमा मजबुत पार्दै अगाडी बडाउन नयाँ कार्यकाल २०१९/२०२१ को लागि आगामी नोभेम्बर महिनामा छैठौं अधिवेशन हुने घोषणा गर्दै। संस्थाका पुराना सदस्यहरुले तोकिएको मिति भित्रमा नवीकरण गर्न साथै नयाँ सदस्यहरुलाई समेत संस्थाको सदस्यता लिन समेत आह्वान गरेका थियो।
कार्यक्रम संस्थाका कार्यसमिति सदस्य बिकास तामाङ ले सञ्चालन गरेका थिए।