२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आचार्यले अहिले सम्म कुनै राजनैतिक दल या सिन्डिकेटको हागो समाएको देखीएको छैन

985 Shares
Spread the love

भोला लामिछाने,यूरोप

एन आर एन का वर्तमान उपाध्यक्ष अनी आगामी कार्यकाल का अध्यक्ष दाबेदार कुल आचार्यले एन आर एन संस्था मा लागेदेखी कुनै राजनैतिक दल या सिन्डीकेटको हागो समाएर अघी बढेको देखीएको छैन । एक दशकभन्दा बढ़ी समय एनआरएनएलाई सक्रिय नेतृत्व दिदै थुप्रै जिम्मा लिएका प्रोजेक्टहरू समयमैं पूरा गर्नुभएका आचार्य संस्थामा राजनैतिक गन्धले नरड्गाउन सबैलाई सचेत समेत गर्दै आएका छन् । नागरिकता निरन्तरतादेखि विदेशमा बस्नेहरूको भोट हाल्न पाउने अधिकारसम्मका मुद्दामा अग्रपङ्क्तिमा रहेर लड्दै आउनु भएको छ । यसकारण उठ्दै गरेको पदका लागि उहाँ योग्य हुनुहुन्छ ।

सामाजिक संस्थामा समझदारीका नाममा बार्गेनिङ् गर्दै एउटै पदमा बारम्बार दोहोरिइ रहेर सिन्डिकेट कायम गर्नुभन्दा स्वाभाविक उम्मेदवारी नै उत्तम हुन्छ भन्ने बुझाइ भएका आचार्यलाई पूर्व अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको ‘भिजन ट्वेन्टी ट्वेन्टी एन्ड बियोन्ड’ भिजन भनेर सबैले प्रस्तुत गरेको सन्दर्भमा त्यसलाई कुल आचार्यले सबैभन्दा बढ़ी न्याय गर्न सक्नुहुन्छ भन्ने स्वयं शेष घलेलाई लागेको जस्तो देखिन्छ ।साथै बेलायत विश्वको सबैभन्दा ठूलो एनसिसी मात्रै नभई एनआरएनए अभियानको संस्थापक पनि रहेकोले बेलायतका पूर्व गोर्खाहरूका विभिन्न समस्याहरू का ज्ञाता हुनुहुन्छ स्वयम् विगतमा समेत गोर्खा आन्दोलनमा सहभागी हुनुहुन्छ । यसरी आचार्यले संस्थामा भिन्न छवी स्थापित गरिसकेका छन् ।

प्रतिक्रिया