लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा साउथ एसिया टाइमका सम्पादक जगन कार्की बालबालिकाको क्यान्सरको उपचार सहयोगार्थ च्यारिटी साथै स्वास्थ्य चेतना फैलाउन दौडने भएका छन् । लन्डनका प्रसिद्ध पार्कहरु छिचोलेर प्रमुख आकर्षण परिक्रमा गर्दै आगामी अक्टोबर १३ तारिक हुने रोयल पार्क हाल्फ़ म्याराथनमा कार्की दौडने भएका छन् । कार्की क्यान्सर रोग लागेका बालबालिकाको उपचारका निमित्त सहयोग गरिरहेको अन्तरास्ट्रिय संस्था वर्ल्ड चाइल्ड क्यान्सर नामक संस्थाको सहयोगार्थ दौडन लागेका हुन् ।
बिश्वमा प्रत्यक बर्ष ३ लाख बालबालिका क्यान्सर रोगले ग्रस्त हुने गरेको र उपचार पछि बिकसित देशका ८० प्रतिशत बालबालिकाहरु बाच्ने गरेको तर गरिव राष्ट्रहरुमा जम्मा १० % मात्र बाँच्ने सम्भावना रहने गरेको आस्थाओं समय मै रोगको पहिचान हुन सके बाँच्ने सम्भावना धेरै हुने त्यसका लागि वर्ल्ड चाइल्ड क्यान्सरले बिश्वका गरिव देशमा भूमिका खेलेको भन्दै कार्की सहयोगमा उत्रिएका छन् ।
मानवताको नाता त छदैछ बेलायतको समुदायबाट लाभ लिने बेलायतवासी नेपालीहरूले स्थानीय समुदायमा पनि केही योगदान गर्नु कर्तब्य पनि हो , यसर्थ यहाँबाट सुरुभएको च्यारिटीलाई साथ दिन लागीपरेको कार्कीको राय छ ।
बेलायतमा हुने नियमित पार्क रनमा गत महिना ५० औं माइल स्टोन पुरा गरेका कार्कीले केहि महिना अघि च्यारिटी बिरुद्धको जनचेतना फैलाउदै भिजिट नेपाल २०२०को ब्यानर सहित लन्डनको प्रसिद्ध भर्जिन १० के रन पुरा गरेका थिए ।
हृदय घात , मोटोपन , सुगर लगायत समस्या नेपालीहरुमा अत्याधिक देखिएकोले यसबाट बच्न रोग लाग्न भन्दा अघि नै बचावटतर्फ ध्यान दिन पनि उनले आग्रह गरेका छन् । स्वास्थ्य र तन्दुरुस्तीका लागि नियमित दौडिन र हरेक शनिवार नजिकैका पार्कमा हुने पार्क रनमा सहभागी हुन वा नेपालमा पायक स्थानमा गएर कम्तिमा ३० मिनेट दौडने नसके हिड्ने वा अन्य शारीरिक ब्यायाममा लग्न आफ्नो दौडमार्फत सन्देश दिन खोजेका छन् ।
सानो भन्दा सानो सहयोग १ पाउण्ड देखि २५ पाउण्ड सम्म जति सकेको सहयोग गरेर वर्ल्ड चाइल्ड क्यान्सरलाई सहयोग गर्ने उनको अभियानमा सहयोग गरिदिन बेलायतबासि सबैमा अनुरोध गरेका छन् ।
सहयोगको लागि लिंक : https://worldchildcancer.charitycheckout.co.uk/pf/jagan?fbclid=IwAR1MfukwJYNvU3vN-lPSEHdHwH8udHuqaYypujZn2FlcAu7ILQGGmjrHE5o