२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

नेपाल आइडलका यी प्रतियोगी जसले सबैलाई हँसाए (भिडियो)

1432 Shares
Spread the love

काठमाडौँ। ‘नेपाल आइडल’ प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरू समक्ष यसको दोश्रो संस्करण एपिवान टेलीभिजनमा सुरु भएको छ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको प्रतियोगितामा  शीर्ष विजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज अथवा ५० लाख नगद जित्न सक्नेछन् । हिजो प्रसारित पहिलो एपिसोडमा भैरहवा अडिसन प्रसारण गरिएको थियो। भैरहवा अडिसनबाट राम्रा प्रतिभावान् गायकहरू पनि छानिए र कोही प्रतिभावान् हुँदा पनि छनोटमा पर्न सकेनन्।

पहिलो सिजन जस्तै यो सिजनमा पनि केही प्रतियोगी यस्ता थिए जसले आफ्नो ‘नराम्रो’ गायन कलाले जज र दर्शकलाई हँसाए। हिजो प्रसारित भैरहवा अडिसनमा यस्तै एक प्रतियोगी थिए चितवनका सुवास गौतम जसले आफ्नो गायकी र डान्सले सबैलाई हँसाए।

हेर्नुस् भिडियो।

https://youtu.be/YbtSbwBFf5o

 

प्रतिक्रिया