भोला लामिछाने, यूरोप
गैर आवासीय नेपाली संघमा बिबीध बिसयमा ब्यापक नैरास्यता र बिरोधका स्वरहरू सुनीन थालेको अवस्थामा नेपाली डिसापोरामा प्रख्यात चौतारी र दौतरी समुहको तर्फबाट आफुखुसी हैन सबै २५०-२५० सदस्यको सहमती र छलफल गरेर सामुहिक उमेद्वारी गर्ने बिसयमा ब्यापक छलफल चली रहेको मिलन घिमिरेले बताएका छन् ।
हामी कसैको ब्यक्तीगत बिरोध गर्दैनौ र कुनै पनी राजनैतीक पार्टीको हस्तक्षेप पनी हामीले मन पराउदैनौ विसुद्ध सामाजीक कार्य गर्ने र त्यस्ता कार्यमा सधै साथ र सहयोग हुने कुरा मिलन घिमीरे ले चौतारी र दौतरी समुहको तर्फबाट स्पस्ट पारेका छन् ।
उनले म मेरो एनआरएन र मेरो देस हैन, “हामी हाम्रो एनआरएन र हाम्रो देस नेपाल “को नारालाई मुर्ती रूप दिन र दुबै समुहमा आबद्ध सदस्यहरूले एउटै पदमा उमेद्वार नहुने लगायतका कुराहरू मा सहमती र स्वस्थ्य प्रतिस्पर्धा र सबैको सहभागीता हुने गरी बिश्व संमेलनमा सहभागी हुने तयारी अंतीम अवस्थामा पुगेको जानाकारी दिएका छन् । धनाढ्य ले मात्रै प्रतिनीधीत्व गर्नु भएन, संघमा यसै हुदै गयो भने सर्वसाधारण सदस्य हरूको हैसियत के हुन्छ स्पस्ट हुन्छ ।
घिमिरे अगाडी लेख्छन् ,यदी तपाई हामी जो कोही पनी कुनै ठाउमा पुग्यौ भने नगरी नहुने कामहरु :-
१. एनारानमा चाहे खाडीको साथी होस् चाहे मलेसीया या त अफ्रीकाको नै क्षमताको आधारमा नेतृत्व मा जान सक्ने बाताबरण सिर्जना गर्ने।
२. चर्को उमेद्वार शुल्क को बिधान मै संसोधन गरेर सबै बर्गको उपस्थीती हुन सक्ने गरौने।
३. हाम्रो राम्रो एनारान र बलियो संगठन बनाएर सिमीत ब्यक्तीगत लाभ को लागी हैन पुरै सदस्यहरूको हितमा काम गर्ने।
४. बिश्व संमेलनमा जान र सहभागी हुन कै लागी पनी २ वटा शुल्क निर्धारण गरेर हामीलाई Divide and Rule गरीदैछ, त्यस्को बैधानीक परिवर्तन गरेर सबै एनारान बराबरी मा लैजाने।
५. यदी हामी सामाजीक संगठन नै हौ र हाम्रो काम समाज सेवा हो भने किन ५ तारे होटलमा कार्यक्रम, हजारौ को उस्थीती र करोडौ खर्च गर्ने?
हरेक देसबाट प्रतिनीधीत्वको लागी ५-५ जना को नेतृत्व पठौने र गोलमेचमा बसेर सर सल्लाह गर्ने र निचोड़ निकाल्ने।
६. हाम्रो सचिवालय को खर्च हेर्दा हामी कुनै पनी मल्टी नेसनल कंपनी भन्दा कम छैनौ।
कसरी खर्च बचत र परोपकारीकाममा लाग्न सकिन्छ, त्यस तर्फ सोच्ने।
७. हामीले बिस्व संमेलनमा गर्ने हजारौ को खर्च, जाने आउने बस्ने लगायत को रकम संकलन गरी ७७ जिल्लामा गरीब निमुखा बिध्यार्थीहरूलाई सहयोग गर्ने।
८. हाम्रो कार्यक्रम को भब्यता को खर्चले नेपालमा क़रीब १० २० किमी बाटो पिच हुन्छ, त्यस्ता कार्य किन नगर्ने!
९. लगानीको अबधीरणा राम्रो हो तर हरेक सदस्यको कम्तीमा १००$ सदस्यता दिंदा नै उठाउने र नाफा र रोजगारी मुलक क्षेत्रमा लगानी गर्ने तथा हरेक सदस्यलाई उक्त लगानीको ग्यारेन्टी दिने।
१०. हरेक देसमा सबै सदस्यहरूको सामुहिक बिमा गरौने र केही भै परीआएमा परिवार, हाम्रो संस्था सबैलाई सहज वातावरण को सिर्जना गर्ने।