२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यूरोप उप संयोजक पदमा स्पेनबाट मुक्त गुरूड प्रबल दाबेदार

4237 Shares
Spread the love

भोला लामिछाने , यूरोप

गैरआवासीय नेपाली संघ एनआरएनए को युरोप क्षेत्रीय उपसंयोजक पदमा १९,२१ कार्यकालका लागी उमेद्वारी दिएका स्पेन बार्सिलोना निवासी मुक्तबहादुर गुरुङ को संम्भावना प्रबल देखीएको छ ।

एन आर एन को स्थापना काल खन्ड देखी संघमा योगदान दिदै आएका गुरूडले बार्सिलोनामा रहेको संघको कार्यालय बाट कर्म थलो स्पेनमा रहेका नेपाली समुदाय को बाक्लो उपस्थीती मा आफ्नो उम्मेदवारी घोषणा गर्दै एनआरएनए स्पेनको नेतृत्व सफलतापूर्वक सम्हालिसकेको र स्पेनवासीको माग र चाहनाअनुसार साथी भाईहरू कै अनुरोधमा संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप क्षेत्रको लागि उपसंयोजक पदमा उम्मेदवारी दिएका हुन् ।

गुरूड सन् २००७ देखि नै एनआरएनए अभियानमा सक्रिय हुदै २००९ मा सम्पन्न एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट नै निर्विवाद उपाध्यक्ष पदमा रही काम गरिसकेका छन्। सन् २०१५–२०१७ एनआरएनए स्पेनको अध्ध्यक्ष नेतृत्व सफलतापूर्वक समालेका थिए भने सन् २०१७–२०१९ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य समेत भै सकेका छन् ।बोलेर मात्र होईन काम नै गरेर देखाउनु पर्छ भनेर काम गर्ने मुक्त बाहदुर गुरूड ले सबै डायसफोरामा रहेका नेपाली समुदायलाई आफु अझ समाजसेवा गर्न एन आउ एन को यूरोप क्षेत्रीय उप संयोजक मा आउन लागेको बताएका छन् । साथै आफ्ना योजनाहरू पनी ल्याएका छन् ।

प्रतिक्रिया