काठमाडौँ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) सचिवमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
अधिकारीले एनआरएनमा अब युवा जमातले नेतृत्व गर्नुपर्ने र नेतृत्व तहमा युवा जमातको पक्कट जमाउन आफ्नो सचिवमा उम्मेदवारी रहने बताए ।
नेपालको हरेक क्षेत्रमा काम गर्दै आएका अधिकारी युवा अवस्थामै अध्ययन र कामको सिलसिलामा कतारमा गएका थिए । कतार र दुवईमा गरि करिब एक दसक बिताएको उनले मजदूरहरुको पिडा प्रत्यक्ष रुपमा अनुभव गरेका छन् ।
जीवनको यात्रा संगै अधिकारी यूके प्रस्थान गरे । उनि तल्लो तहदेखि काम गर्दे आएकोले होला विशेष गरि मध्यपूर्वमा नेपाली श्रमिकहरुले के कस्तो समस्या भोग्नु पर्छ भन्ने स्पष्ट जानकार छन् ।
बेलायतमा बसे पनि विशेष गरि मध्य पूर्वको समस्यालाई नै पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने अधिकारी एनआरएनको सचिवमा उम्मेदवार हुँदा अर्को प्रमुख एजेन्डा नेपाली नागरिकताको निरन्तरता पनि राखेका छन् । अहिले संसदमा विचारधीन रहेको नागरिकता विध्येक कार्यान्वयनमा नआएसम्म साँच्चो अर्थमा गैर आवासीय नेपालीको माग पूरा नहुने अधिकारीको बुझाई छ ।
एनआरएन नागरिकतासँगै मध्यपूर्व र मलेसियामा नेपाली श्रमिकका विकराल समस्यालाई समाधानतर्फ केन्द्रित हुने अधिकारीका कार्येयोजनहरु :
१ ) संस्थालाई सबै नेपालीको अपनत्व महशुस गराउने, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहीतको लागि एनआरएनलाई समर्पित गर्ने,
२ ) एनआरएन धनीको चन्दाले हैन गरीबको पसिनाले चलेको छ भन्ने कुराको पुष्टि गर्न अभियान सञ्चालन गर्ने
३ ) अर्थतन्त्रको एक तिहाई भाग रेमिटेन्समार्फत योगदान गर्ने मध्यपूर्वबाट संघर्ष गर्नेलाई साथ दिने
४ ) मजदूरहरुको सामाजिक सुरक्षाको मुद्दा उठान गर्ने, सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गर्न ।
५ ) दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउँमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने
६ ) एक प्रवासी नेपाली सँग कम्तीमा एक डलर लगानी गरौ अभियान सन्चालन गर्ने ।