२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कुल आचार्यलाई काठमाडौँ बिमानस्थलमा भब्य स्वागत

1443 Shares
Spread the love

भोला लामिछाने , यूरोप

एन आर एन लाई साझा संस्था बनाउनु पर्छ भन्दै आफु सबैको साझा उमेद्वार रहेको बताउने कुल आचार्य आज काठमाडौ को त्रिभुवन बिमानस्थलमा उत्रे सगै भब्य स्वागत गरिएको छ । एन आर एन ए स्पेनका सल्लाहकार सन्तोष श्रेष्ठ लगाएतको टोलीले आचार्य लाई स्वागत गरिएको हो ।

अस्ती मात्र काठमाडौ बाट सिंगापुर पुगेका आचार्य अब काठमाडौमा हुने एन आर एन को सम्मेलन सकेर बेलायत फर्कने छन् । आचार्य मोना को आयोजनामा म्याग्दीको घोडेपानीमा आयोजना गरिएको सम्मेलन तथा अधीवेशन लाई सम्बोधन गर्नै कार्यक्रम रहेको छ ।

प्रवासका नेपालीहरू माझ लोकप्रीय संस्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९,२१ को कार्यकालको लागी अध्यक्ष पदका उमेद्वार कुल आचार्यले राजनैतिक गुटबन्दी संस्थाको हितमा वाधक रहने समेत बताएका छन् ।

एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले थपे ‘विगतझैं यो अभियानलाई सबै अग्रज, मित्र र शुभचिन्तकहरूको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त समेत भएको बताए । एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्पसमेत उनले गरेका छन्। उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै निकै लोकप्रीय १० बुँदे घोषणा जारी समेत गरेका छन् । सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बाैद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढने बताएका छन्।

संस्थामा शुरूवातदेखी नै आफ्नो बल र बुताले भ्याएसम्म लाग्दै सहयोगी र परेको खन्डमा समन्वयकारी भुमीका निभाउदै समाजसेवा बोलेर भन्दा पनी भावनामा आउने कुरा बताउदै संस्था मा नाम भन्दा पनी काम नै गरेर देखाउदै आएका आचार्य ले काठमाडौमा शंकमुल पार्क को निमार्णमा सफल संयोजककारी भुमीका निभाई सकेका छन् । यतीबेला आचार्य महाधिवेशनको लागी काठमाडौ उत्रीसकेका छन् । उनले आफ्नो कर्म थलोबाटै पत्रकार सम्मेलन गर्दै आफु अध्यक्ष पदको प्रमुख दावेदार रहेको र पछी नहट्ने समेत बताईसकेका छन् भने आफ्नो १० बुदे प्रतीवद्दता र योजना सहित औपचारिक उमेद्वारी घोषणा पनी बेलायतमा आफनै कर्म थलोमा रहेका नेपालीहरू माझबाट गराए । साथै बेलायतको एन आर एन को चुनावी माहौल लाई निकै नै समन्वयता अपनाई सम्पन्न गर्न सफल भए ।

प्रतिक्रिया