२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

म्याग्दीको घोडेपानीमा हुने मोनाको विश्व सम्मेलनको तयारी पुरा

1115 Shares
Spread the love

भोला लामिछाने , यूरोप

विश्व भर छरिएर रहेका म्याग्देलीहरूको संस्था मोना को विश्वसम्मेलन तथा महाधिवेशन को तयारी पुरा भएको छ । अक्टोबर १,२ र ३ मा पर्यटकीय स्थान घोडेपानीमा तयारी पुरा भएको संस्थाले बताएको छ ।

कार्यक्रमका लागी बिश्वका विभिन्न देशबाट मोनाको राष्ट्रिय कार्यकारी समितीका प्रतिनिधिहरु लगायत कलाकारहरूको टोली घोडेपानी पुगिसकेका छन् । २८ देशमा आफ्नो सङ्गठन बिस्तार गरिसकेको मोनाको उक्त बिश्वसम्मेलनमा विभिन्न प्रतिस्पर्धात्मक खेलकुद प्रतियोगिता र सास्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको छ । भने यो सम्मेलनले मोनाको नया कार्यसमिति पनी चयन गर्ने छ ।

मोनाको विश्वसम्मेलन तथा महाधिबेसनको सफलताको शुभकामना दिन र सहभागी हुन एनआरएनएका विभिन्न पदाधिकारीहरु पनि म्याग्दीको घोडेपानी उत्रीने छन् ।

एनआरएनए को काठमाडौमा ९ औ विश्व सम्मेलन अघी पारेर हामीले कार्यक्रम आयोजना गरेका छौ अघील्लो अधिवेशनमा पनी एन आर एन का निवर्तमान अध्यक्ष शेष घले सहीत थुप्रै सामाजिक अभीयन्ताहरू लाई म्याग्दी एकै ठाउमा उतार्दै कार्यक्रम भब्य सफल बनाएको बेलायत निवासी अभियन्ता योगेन क्षेत्रीले वताए ।यस्ता कार्यक्रमले आन्तरिक र बाह्यय पर्यटकहरू भित्र्याउन समेत पुल बन्ने साथै कलाकारहरूको प्रस्तुती सहीत बिभीन्न खेलकूद प्रतियोगिताको माध्यम बाट समग्र म्यागदीको प्रचार प्रसार एवं विकासमा टेवा पुग्न सहयोग सिद्द हुने समेत उनले थपे ।

प्रतिक्रिया