काठमाडौं । बेल्जियमले विश्वकप फुटबलको खेलमा उत्कृष्ट सुरुवात गरेको छ । बेल्जियमले सोमबार राति सम्पन्न विश्वकपको आफ्नो पहिलो खेलमा पहिलो पटक विश्वकपका लागि छनौट भएको टोली पनामालाई ३–० ले पराजित गरेको हो ।
बेल्जियमका जितमा रोमेलु लुकाकु नायक बने । उनले खेलमा २ गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा टुंगीएको थियो । खेलका सबै ३ गोल दोस्रो हाफमा भएको हो । पनामाले खेलमा कुनै गोल फर्काउन सकेन ।
खेलको ४७ औं मिनेटमा डेरिस मार्टेन्सको गोलबाट बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । त्सपछि लुकाकुले लगातार २ गोल गरेका थिए । लुकाकुले ६९ औं मिनेटमा केभिन डि ब्रुनको क्रस पासमा हेडरमार्फत खेलको दोस्रो तथा आफ्नो पहिलो गोल गरेका थिए ।
त्यस गोल भएको छैठौं मिनेट अर्थात ७५ औं मिनेटमै लुकालुले अर्को गोल गरे । उलने ह्याजार्डको पासमा गोल गरेका थिए । जितसँगै समुह जीको बेल्जियमले स्पष्ट ३ अंक जोड्दै शिर्ष स्थानमा उक्लेको छ ।
समुह जीमा बेल्जियम, पनामा सहित इंगल्यान्ड र ट्यूनिसा पनि छन् । प्रत्येक टोलीले समुहका सबैसँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछ । समुह विजेता र उपविजेताले नकआउट चरणमा स्थान बनाउनेछन् ।