२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चर्चाको शिखरमा एनआरएनए सचिवका उम्मेदवार अधिकारी

1229 Shares
Spread the love

काठमाडौँ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) सचिवमा बेलायतबाट विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

अधिकारीले एनआरएनमा अब युवा जमातले नेतृत्व गर्नुपर्ने र नेतृत्व तहमा युवा जमातको पक्कट जमाउन आफ्‍नो सचिवमा उम्मेदवारी रहने बताए ।

बेलायतबाट गैर आवासीय नेपाली अभियानमा आवद्ध अधिकारी सञ्चारकर्मी पनि  हुन्। एपी वान टेलिभिजनको लागि अन्तराष्ट्रिय ब्युरोसमेत रहेका अधिकारले बेलायतबाट न्यूज ट्वान्टी फो नामक अनलाइन पनि सञ्चालन गर्दै एनआरएन अभियानमा सहयोग पुर्याएका छन् ।

अधिकारीले अबको आफ्नो प्रमुख एजेन्डा नेपाली नागरिकताको निरन्तर नै भएको बताएका छन्। अहिले संसदमा विचाराधीन रहेको नागरिकता विद्येयक कार्यान्वयनमा नआएसम्म  गैर आवासीय नेपालीको माग पूरा नहुने उनको भनाई छ।

एनआरएन नागरिकतासँगै मध्यपूर्व र मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या समाधानतर्फ केन्द्रित हुने अधिकारीले बताए ।

बेलायतकै विश्वविद्यालयबाट डवल डिग्री गरेका अधिकारीले योग्यता, र कार्यअनुभवले आफू सचिव पद सम्हाल्न योग्य रहेको दावी गरे । ‘मेरो ऊर्जालाई अझ बढी प्रभावकारी रुपमा समाजको हितमा यसै साझा संस्था मार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु । मेरो शैक्षिक र कार्यअनुभवले पनि मलाई सहयोग गर्ने भएकोले पनि त्यो जिम्मेवारी सफलताका साथ निर्वाह गर्न आत्मविश्वास बढेको छ ।’–उनले भने।

अन्तराष्टिय पत्रकार महासंघ (आइएफजे) को सदस्यसमेत रहेका अधिकारीले आफूले विजय हासिंल गरेमा विदेशमा रहेर नेपाली पत्रकारितामा काम गरिरहेका पत्रकारहरूका लागि एनआरएनएमा ५० लाख बराबरको अक्षय कोष निर्माण गर्नै योजना पनि आफ्‍नो प्रमुख एजेण्डा भएको बताएका छन्।

युरोप, अमेरिका, क्यानाडा, एसिया र मध्यपूर्वबाट अधिकांश संघसंस्था र अग्रजको साथ रहेको बताउँदै अधिकारीले आफूले विजय प्राप्त गर्ने दावी गर्दै आएका छन् ।

सधै  फेक न्युजको सिकार हुदै आएका अधिकारी एनआरएनए सचिवका उम्मेदवार बनेपछि चर्चाको शिखरमा पुगेका छन् । उनलाई संसारभरी रहेका नेपालीहरुले शुभकामना दिईरहेको र उनको  उम्मेदवारी नेपाली श्रमिकका समस्या समाधानतर्फ केन्द्रित  रहेकाले सचिव पद आफ्नै पोल्टामा पर्ने अधिकारीले बताए ।

प्रतिक्रिया