1809
Shares
काठमाडौं । नेपाल आइडल सिजन २ की प्रतिस्पर्धी अस्मिता अधिकारीको नयाँ गीत (गजल) सार्वजनिक भएको छ ।
अस्मिताको ‘त्यो जुनेली रात’ बोलमा रहेको गजल सार्वजनिक भएको हो ।
गजलमा सुरेश वाग्लेको शब्द र अर्जुन पोखरेलको संगीत छ । यस गजलको एरेन्जर गोपाल रसाइली हुन् ।
निकेश खड्काले निर्देशन गरेको भिडियोमा गायिका अस्मिताको अभिनय देख्न सकिन्छ । अस्मितासँगै पुस्कर कार्कीको समेत अभिनय रहेको छ ।
बुद्ध थापाले खिचेको भिडियो बिकास धमलाले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=Z02bkszws3c&feature=player_embedded