साईप्रस-२५ सेप्टेम्बर
“तामाङ जातिको उत्थान , भाषा, धर्म र संस्कृतिको संवर्द्वन “
भन्ने मुल नाराका साथ संघीय नेपाल तामाङ घेदुङ को केन्द्र बाट समबन्धन पत्र प्राप्त गरि सन् २०१६ अक्टोबरमा स्थापना भएको तामाङ घेदुङ साईप्रसले आफ्नो तेस्रो वर्ष पार गरि चौथो वर्षमा लाग्दै गर्दा तेस्रो वर्ष पार गरेको सुखद उपलक्ष्यमा ऐतिहासिक तेस्रो बार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आगामी अक्टोबर २७ तारीक का दिन लिमासोल स्थिति गोर्खा किचेन रेस्टुरेन्टमा हुन गइरहेको छ।
सो कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न पार्नुको निम्ति घेदुङमा आबद्ध रहेको सम्पुर्ण सदस्यीयहरु लगायत तामाङ घेदुङ प्रेमी शुभेच्छुक, शुभचिन्तक, पत्रकार,तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदिबहिनी हरुलाई उक्त कार्यक्रममा गरिमामय उपस्थिति भइ तेस्रो वार्षिकोत्सव सफलता बनाउन संस्थाकि अध्यक्ष तथा समाजसेवी साङमो थोकर तामाङ ले आयोजक को तर्फबाट हार्दिक निमन्त्रणा समेत गरेकि छिन्। हाल उनी घर बिदामा नेपालमा छिन विभिन्न सामाजिक कार्यक्रम मा समेत सहकृय रूपमा सहभागिता जनाई परोपकारी कार्यमा ब्यस्त भइरहेकी छिन्।
स्थापना काल देखि नै यस संस्थाले परोपकारी, सामाजिक कार्यमा समेत निरन्तर अग्रसर हुँदै अतुलनीय सहयोग पुर्याउदै आईरहेको छ यसै पवित्र कार्यलाई निरन्तरता दिने क्रममा गत असोज ०४ “रगत दान नै जीवन दान हो” भन्ने पवित्र शब्दलाई आत्मासात गर्दै नेपाल तामाङ घेदुङ साईप्रस र ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको संयुक्त आयोजनमा काठमाडौ को सुकेधारा स्थित संस्थाकि अध्यक्ष साङमो थोकर तामाङ को प्रत्यक्ष सहभागितामा बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न पारेको थियो।
कार्यक्रम बारे बिशेष जानकारी
मिति : अक्टोबर २७ आईतवार
समय : बिहान ११ बजे
स्थान : गोर्खा किचेन रेस्टुरेन्ट लिमासोल