२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

‘प्रकाण्ड’ पक्राउको बचाउ गर्दै गृहमन्त्रीले भने- ‘बादल भनेको गृहमन्त्री हो’

2479 Shares
Spread the love

भरतपुर : गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड गैरकानुनी कृयाकलापहरूमा संलग्न भएकोले पक्राउ गरिएको बताएका छन्।

बिहीबार चितवनको भरतपुरमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले कानुन कार्यान्वयन गरी शान्ति सुरक्षा स्थापना गर्नु आफ्नो काम भएको भन्दै विश्वकर्मा पक्राउको बचाउ गरे।

विगतमा थापा र प्रकाण्ड एउटै पार्टीमा रहेको र हाल थापा गृहमन्त्री भएको बेला प्रकाण्डलाई पक्राउ गरिएको सन्दर्भलाई लिएर चर्चा भएका बेला उनले आफू गृहमन्त्री भएको बताउँदै उनले पक्राउको बचाउ गरे।

सोसल मिडियामा ‘बादल गृहमन्त्री हुने, प्रकाण्डलाई हत्कडी लगाउने’ भन्दै चर्चा भएको थियो।

‘बादल भनेको गृहमन्त्री हो’, थापाले भने- ‘गृहमन्त्रीको काम भनेको अपराधीहरूलाई नियन्त्रण गर्नु हो। अपारधीहरूलाई नियन्त्रण गर्ने क्रममा यस्ता घटना हुन्छन्।’

‘अपराधी हुन् त्यसो भए उनी?’ पत्रकार सम्मेलनमा गृहमन्त्रीलाई पत्रकारले सोधे।

गृहमन्त्री थापाले प्रश्नको घुमाएर जवाफ दिए। ‘निश्चिरुपमा जसले कानुनलाई उल्लंघन गर्छ, जसले विधिलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ’, उनको जवाफ थियो।

‘चन्दाआतंक र राज्यको विरुद्ध ध्वंसात्मक गतिविधिमा उनको समूह संलग्न भएकोले’ उनलाई पक्राउ गरिएको गृहमन्त्रीको स्पष्टीकरण छ।

थापाले थपे, ‘उनी वारेन्टेड व्यक्ति पनि हुन्।’

प्रतिक्रिया