२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाली समाज अस्ट्रेलियाको प्रथम सम्मेलन सम्पन्न

704 Shares
Spread the love

सिड्नी- अस्ट्रेलियामा नयाँ शक्ति समर्थित संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनएस) र समाजवादी फोरम समर्थित संगठन नेपाली संघीय समाज अस्ट्रेलिया (एनइएफएएसओ) बीच एकता सम्पन्न भएको छ। समायोजनपश्चात् गठित संस्थालाई नेपाली समाज अस्ट्रेलिया नामाकरण गरिएको छ।

यही सेप्टेम्बर २१ तारिख शनिबारका दिन सिड्नीको ६४–६८ प्रिन्सेस स्ट्रिटस्थित एसबरी सिनियर सिटिजन सेन्टरमा आयोजित कार्यक्रममा सो समायजन घोषणा सभा तथा प्रथम सम्मेलनलाई टेलिकन्फ्रेन्समार्फत् पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्नुका साथै नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए।

प्रतिक्रिया