२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

शेर सुनार सामबेशी समुहद्वारा एनआरएन युकेको सपथ बहिस्कार

4639 Shares
Spread the love

लण्डन । एन आर एन युकेको बिबादित बेजिंस्टक बुथमा अध्यक्षयको उम्मेदवार पुनम गुरुङ समुहद्वारा बुथ कब्जा र धादली गरि एकछापे भोट खसाइएको बिरोधमा त्यस स्थान मा पुन: मतदान नभएसम्म शेर सुनार सामबेशी समुह द्वारा एनआरएन युकेको आज आइतबार हुने भनिएको सपथ कार्यक्रम बहिस्कार गर्ने भएका छन् । निर्वाचन आयोग र आइसीसीका केन्द्रिय अध्यक्ष्य भबन भट्ट लाई समेत बोधार्थ दिइएको पत्रमा नतिजा घोषणा , सपथ ग्रहण, प्रमाणपत्र वितरण लगायतका सम्पूर्ण कार्यक्रम तत्कालका लागि रोक्न माग गरिएको छ । अन्यथा कानुनी उपचारको लागि अघि बढ्न बाध्य हुने शेर सुनार समाबेशी समुहले चेताबनी दिएको छ ।

निर्वाचन आयोग र कार्यसमितिमा अल्पमतमा परेका अध्यक्ष योग फगामीले आयोजना गर्ने भनेको सपथ ग्रहणमा बर्तमान उपाध्यक्ष एबम अध्यक्षका प्रत्याशी शेर बहादुर सुनार , उपाध्यक्ष पुन बिजयी भनिएका प्रेम गाहा मगर , बर्तमान अर्का उपाध्यक्षद्वय एबम हालको चुनाबमा आइसीसीमा बिजयी भएका भनिएका ललित कुमार न्यौपाने र सुशिला राई लगायतका बर्तमान र नब निर्वाचित भनिएका कार्यसमितिका बहुमत पदाधिकारी एबम सदस्यहरुले समेत आफूहरुका ४ बुदे सहमति , बिबादित बेजिंस्टक को पुन मतदान लगायतका आफ्ना मागहरुको सुनुवाई नहुन्जेलसम्म सपथ लगायतका कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाएका छन् ।

एकपक्षियरुपमा सपथ ग्रहण गराइएमा एनआरएन युकेमा ठुलो बिभाजन भै दुर्घटना मा पर्न सक्ने अभियन्ता र बुध्धिजीबीहरु बताएका छन् ।

आम बेलायतका एन आर एनका सदस्यहरु मतदानका क्रममा भएको अनियमितता, धादली र निर्वाचन आयोगको एकपक्षीय कदम प्रति क्रुध्ध भएका छन् ।

प्रतिक्रिया