पोर्चुगल, १ असौज । गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा युरोपेली मुलुक पोर्चुगलबाट यामेन्द्र घर्तीमगरले उम्मेदवारी दिने भएका छन् ।
बिगत लामो समयदेखि प्रवासमा रहेर सामाजिक गतिबिधीमा सकृय रहदै आएका घर्तीमगरले काठमाण्डौंमा हुने ९ औं बिश्व सम्मेलनमा आगामी कार्यकालका लागि युवा संयोजकमा उम्मेदवारी दिने भएका हुन् ।
श्रमजिवीको हितमा काम गर्ने सोंच र संकल्पका साथ संघमा बिशुद्ध श्रमिक बर्गको प्रतिनिधीत्वका लागी युवा संयोजकमा आफ्नो उम्मेदवारी रहेको घर्तीमगरले बताए ।
“संघले धेरै मुद्धाहरु उठाएको छ, तर श्रमीक बर्गको मुद्धा ओझेलमा परेको छ,– घर्तीमगरले भने, मेरो उम्मेदवारी प्रवासमा रहेका लाखौं श्रमजिवीको मुद्धालाई सशक्त ढंगबाट उठाउनका लागि हो ।” रोजागारीका लागि बिदेशिएका लाखौं युवा श्रमजिवीको पक्षमा काम गर्ने र संघमा युवा पुस्ताको सहभागीतालाई बढाउने बिशेष योजनाका साथ आफू संघको चुनावी मैदानमा होमिएको घर्तीमगरले बताए ।
‘धेरै राष्ट्रका एनआरएनए अभियन्ताहरुको साथ, सहयोग र समर्थन पाएकै कारण ठोस योजना र कार्यक्रमका साथ मैले युवा संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको हुं – घर्तीमगरले भने ।’
घर्तीमगरले बैदेशिक रोजगारीमा देखा परेका बिकृती र बिसंगतीको अन्त्य गर्ने तथा बैदेशिक रोजगारीलाई ब्यबस्थीत र मर्यादीत बनाउनका लागि सम्बन्धीत निकाय मार्फत् बिशेष पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । श्रम र रोजगारीका मुद्धालाई बुलन्द पार्ने बताउंदै घर्तीमगरले युवा संयोजकका लागि आफू नै योग्य उम्मेदवार रहेको दाबी समेत गरेका छन् ।
“ म बिगत लामो समयदेखि प्रवासमा रहेर समाजिक गतिबिधीमा सकृय रहंदै आएको छु ।, ‘मेरो उम्मेदवारी ब्यक्तिगत लाभ र स्वार्थका लागि होईन, बिशुद्ध श्रमिक बर्गको हित र सामाजिक सेवाका लागि हो’,– घर्तीमगरले भने । ‘संघलाई श्रमिक बर्ग र युवा बर्गको साझा संस्थाका रुपमा स्थापीत गर्ने योजनाका साथ मैले युवा संयोजकमा उम्मेदवारी दिन लागेको हुँ ।”
बैदेशिक रोजगारीका सिलसिलामा सन् २००० मा जापान गएका घर्तीमगरले जापानमा रहंदा संघमा आबद्ध भई बिभिन्न सामाजिक गतिबिधीमा सकृय भएर काम गरेको बताए । बिश्वभर छरिएर रहेका युवाहरुसंग समन्वय र सहकार्य गरेर संघलाई थप सशक्त बनाउंने आफ्नो योजना रहेको घर्तीमगरको भनाई छ ।
नेपाल रहंदा सामाजिक र राजनितीक गतिबिधीमा सकृय रहेका घर्तीमगर नेपाली कांग्रेसका पूर्व महाधिबेशन प्रतिनिधी तथा नेपाली कांग्रेस बाग्लुङका पूर्व जिल्ला सदस्य समेत हुन् । नेपाल बिद्यार्थी संघ बाग्लुङका पूर्व उपाध्यक्ष समेत रहेका घर्तीमगर नेपाली जनसम्पर्क समिति जापानका पूर्व महासचिव पनि हुन् ।
बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सांगठनिक अनुभव बटुलीसकेका घर्तीमगर नेपाल जापान समन्वय समितिका पूर्व महासचिव समेत हुन् । युवा अनुसन्धान केन्द्र नेपालका पूर्व अध्यक्ष तथा हेड नेपाल अर्गनाईजेशनको अन्र्तराष्ट्रिय बिभाग संयोजकको रुपमा समेत घर्तीमगरले काम गरिसकेका छन् ।
बाग्लुङको बडिगाड, सिसाखानीका घर्तीमगर गैर आवासीय नेपाली संघ पोर्चुगलका नव निर्बाचित सचिव समेत हुन् ।