अमेरीका , धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको संस्थाले “संयुक्त राज्य अमेरीका”मा शाखा गठन भएको छ ।
अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर शाखा गठन गर्ने तिब्रता दिदै मिति २०१९/०९/१६ सोमबार अन्तर्राष्ट्रिय संस्था कार्य समितिको बैठकबाट आधिकारिक रुपमा इन्दीरा त्रिपाठीलाई “संयुक्त राज्य अमेरीका”को अध्यक्षतामा चयन गरेको हो ।

यस संस्थाका सबै सस्थापक सदस्यहरु, सल्लाहकारहरु र अन्य देशका अध्यक्ष, सदस्यहरुसँग हातेमालो गर्दै यस “हामी नेपाली ग्लोबल” सस्थामा उच्च स्थरको काम गर्न हरदिन प्रयास र प्रयत्न गर्ने छु | प्रवासमा भएका सम्पूर्ण नेपालीबासीलाई एकबद्ध बनाई देशका लागी पनि विदेशी भुमीबाटै भएता पनि केही सामाजिक काम गर्न सकिने अध्यक्ष इन्दीरा त्रिपाठीले बताए । 
हामी नेपाली ग्लाेबल सस्था हाल विश्वभरका ४३ देशमा क्रियाशील रहेको छ । सस्थाले संयुक्त राज्य अमेरीका लगत्तै अब कतार , युएई , बहराइन, ओमन , इजरायल ,पोर्चुगल , यूके , साउदी , अष्ट्रेलिया, यी देश लगायत विश्वभर आफ्ना च्याप्टर गठन गर्ने तयारीमा रहेको छ।
