२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरियामा छुसक: मंगोलिनय हर्टका राजु लामा र आस्था राउतलाई दर्शकको साथ

1928 Shares
Spread the love
  • अमिर योञ्जन

सउल: कोरियनहरुको चाड छुसक पर्वको अवसरमा ‘दुर्गम भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोगार्थ’ भन्ने नाराका साथ मंगोलियन हर्ट ब्याण्डका गायक राजु लामासहित अन्य कलाकारहरुले कोरियावासी नेपालीलाई भरपुर मनोञ्जन दिए।

बिहीबार सउलको हरिमगागस्थित ए डब्लु कन्भेन्सन हलमा मंगोलियन हर्टका गायक राजुसहित रक गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दास र मोडल अन्जली अधिकारीले दर्शकलाई नचाएका थिए। दोलखाली समाज, सिन्धुपाल्चोक समाज र रामेछाप सम्पर्क समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा
गायक राजुको सांगीतिक ब्याण्डसिहत कोरियामा पहिलो पटक आगमन हो। मंगोलियन हटको २५ औं सांगीतिक यात्राको उत्सव पनि मनाएको हो।

गायक राजु नेपाली झण्डासहित ‘मेरो देश…’ गीत गाउँदै स्टेजमा चढेपछि दर्जनौ चर्चित नेपाली गीतहरु गाउदै दर्शकलाई मनोरञ्जन दिए। उनले दर्शकलाई नचाउँदै ‘तिम्रो यादमा…’, ‘यो तिम्रो सहरमा…..’, ‘ल्याइदेउन आपा…’, ‘यो जुनीमा…’, ‘तिमीलाई देखेर…’, ‘हे देउता…’, ‘पर्खाइमा…..’, ‘नाचौ गाउ….’, ‘हल्ला चलेछ…’, ‘तिम्रो बाटोमा…’ जस्ता गीतहरु गाएका थिए।

गायक राजुसँग  रिदम गितारमा बाबी लामा, ड्रममा सन्तोष थापा, लिट गितार किरण नगरकोटी, बेस गितारमा पवन कपालीलगायतले साथ दिएका थिए।

लोकदोहोरी गायक प्रकाश कटुवालले ‘ढाँडे बिरालो…, ‘यो रक्सीको गन्ध..’ लगायतका आधा दर्जन गीत गाए। रक गायिका तथा रियालिटी शो द भ्वाइस अप नेपालकी जज आस्था राउतले ‘म त नेपाली..’, ‘बोतलको पानी..’ जस्ता आधा दर्जन गीतहरु गाउदै दर्शकको महोललाई तताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक नेपाली राजदुत रामसिंह थापा उपस्थित थियो। विशेष अतिथिहरुमा एनआरएनका अध्यक्ष लक्ष्मी गुरुङ, एनआरएनए एसिया प्यासीफिक संयोजक विनोद कुँवर, एनसीसी अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष सोम तामाङ, प्रदेश ३ एकता समाज दक्षिण कोरयाका अध्यक्ष किशोर ब्लोन ‘नियोग’ लगायतका ब्यक्तित्वहरु उपस्थिति थियो।

आयोजक संस्था दोलखाली समाजका अध्यक्ष सरोज केसी, सिन्धुपाल्चोक समाजका सन्जीव भण्डारी र रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष रविप्रताप घिसिङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो।

प्रतिक्रिया