२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

विश्वकप फुटबल : इंगल्यान्डका स्ट्राइकर ह्यारी ‘म्यान अफ द म्याच’

1719 Shares
Spread the love

काठमाडौँ । रुस विश्वकपमा आफ्नो सुरुवाती खेलमा इंगल्यान्डले विजयी सुरुवात गरेको छ।

समुह जी अन्तर्गत भएको दोस्रो खेलमा इंगल्यान्डले ट्यूनिसियामाथि २–१ गोलअन्तरको जित निकालेको हो। इंगल्यान्डको जितका लागि स्ट्राइकर ह्यारी केन नायक बने। उनी एक्लैले ट्यूनिसियामाथि दुई गोल गरे ।

स्ट्राइकर ह्यारी केन आकर्षक गोलका कारण हिजोको खेलमा ‘म्यान अफ द म्याच’ बने।

इंगल्यान्डका लागि खेलको ११ औं मिनेटमा ह्यारी केनले आकर्षक गोलगर्दै टोलीलाई १–० को अग्रता दिलाए। तर पहिलो हाफमै ट्यूनिसियाले बराबरी गोल फर्काउन अनेकौं प्रयास अपनाएको थियो ।

पहिलो हाफमै ट्यूनिसियाले बराबरी गोल फर्काइदिएपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगीयो। ट्यूनिसियाले पेनाल्टिमार्फत इंगल्यान्डको एक गोलको अग्रता तोडिदिएको थियो।

खेलको ३५ औं मिनेटमा इंगल्यान्डका डिफेन्डरले डिबक्सभित्र इंगल्यान्डका खेलाडीलाई लडाएपछि ट्यूनिसियाले पेनाल्टि पाएको थियो। सो अवसरलाई फर्जानी सासीेले गोलमा परिणत गरिदिएका थिए।

त्यसपछि भने दुवै टोलीबाट प्रतिस्पर्धात्मक खेल भएको थियो। खेल एक–एकमै सकिन्छ भन्ने अनुमान गरिएको थियो। तर इंगल्यान्डका कप्तान केन पुन भाग्मानी सावित भए।

केनले निर्धारित समय सकिएको अवस्थामा अतिरिक्त समयमा ह्यारी म्याग्वेरको कर्णर किकमा हेडर मार्फत आकर्षक गोल गरेपछि इंगल्यान्डको जित सुनिश्चित भएको हो। जितसँगै समुह जीमा इंगल्यान्डले स्पष्ट ३ अंक जोडेको छ।

प्रतिक्रिया