२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेकपाले आफ्नो जागरण अभियान बिथोलेको काँग्रेसको आरोप

994 Shares
Spread the love

बाँके,

नेपाली काँग्रेसले बाँकेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले जागरण अभियान अन्तर्गतको कार्यक्रम बिथोल्दै आफ्नो नेता कार्यकर्तामाथि साङ्घातिक हमला गरेको दाबी गरेको छ । काँग्रेसले आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै जिम्मेवार राजनीतिक दलको रूपमा प्रस्तुत हुन आग्रहसमेत गरेको छ ।

नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेश सभा क्षेत्र नं २ को खजुरा गाउँपालिका वडा नं २ सीतापुरस्थित नेपाल रेडक्रसको हलमा नेकपाका १३, १४ जना कार्यकर्ताले साङ्घातिक हमला गर्दै कार्यक्रम बिथोलेका हुन् । काँग्रेसले आक्रमणमा परी बाँके जिल्लाका सभापति किरण कोइरालाको हात ‘फ्याक्चर’ भएको र केन्द्रीय प्रतिनिधि विद्यानाथ खनालसहित कम्ती १४ जना कार्यकर्तामाथि हमला भएको जनाएको छ ।

काँग्रेसका मुख्य सचिव पौडेलले नेकपाका खजुरा गाउँपालिका वडा नं १ का अध्यक्ष सुमन मल्लको निर्देशनमा सभाहलमा प्रवेश गरेका कार्यकर्ताले “यो हाम्रो क्षेत्र हो, यहाँ नेपाली काँग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै कार्यक्रम बिथोलेको बताउनुभयो । सडकमा नाराबाजी गर्दै सभाहलमा कार्यक्रम बिथोले पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन संवेदनशील नहुनुले घटना सुनियोजित रूपमा गरिएको उहाँले दाबी गर्नुभयो ।
गोरखापत्रबाट

प्रतिक्रिया