२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए यूके निर्वाचनः शेरको ‘गोप्य दस्तावेज’ मा १२०० मतले शेर अगाडी

1637 Shares
Spread the love

लन्डन । एनआरएनए यूके निर्वाचन शुरु हुन करिब दश घण्टा बांकी रहंदा अध्यक्ष प्रत्यासी शेर सुनाको एउटा आन्तरिक दस्तावेजले अर्का प्रत्यासी पुनम समुह १२०० मतान्तरले पछाडि पर्ने जिकिर गरेको छ ।

शुक्रबार दिउसो भएको शेर समूहको तयारी बैठकमा जोड घटाउसहित प्राप्त हुन सक्ने मत सर्वेक्षण गरिएको हो ।

संयुक्त अधिराज्यको १३ मतदान केन्द्रबाट मतदान व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । यसपटक मतदाता संख्या १३, ६२९ छ । पञ्जिकृत सदस्यका हिसाबले ८० देशमा रहेका गैरआवासीय नेपाली संघका शाखामध्ये बेलायत सबैभन्दा ठूलो हो ।

मत गणना आइतबार अपरान्हसम्म भइसक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया