लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका निर्वाचनको दाैरानमा अध्यक्ष योगकुमार फगामीलाई निर्वाचन समितिले पदीय मर्यादा विपरीत गोपिनियता भंग गरेकोमा सचेत गराई कारबाही गरेको छ ।
एनआरएनए यूकेको आगामी निर्वाचनमा भाग नलिने सर्तमा करीब १४००० पंजीकृत सदस्यको डाटा र गोप्य सूचना लिएर आफु निकट टिमलाई उपलब्ध गराएको आरोप लागिरहेकोले निजको उम्मेदवारी आचारसंहिता बिपरित भएको भनी आईसिसि सदस्य पदका उम्मेदवार ललित कुमार नेउपाने ले दाबी बिरोधको उजुरी प्रमुख आयुक्त डम्बर घले लाई बुझाएका थिए ,उक्त गोप्य निबेदन निज फगामीले सोहि दिन बेलुका सामाजिक संजालको ह्वाटसप ग्रुपमामा उजुरी कर्ता लाई सम्बोधन गरी राखेका थिए ।
निर्वाचन समितिमा गोप्य रुपले राखिनु पर्ने उक्त कागजातहरु रातारात उम्मेदवारहरुको हातमा कसरी किन पुग्यो ? र यसबाट चुनाबको निष्पक्षता र बिस्वासनियता माथि संका पैदा भएको भनी निर्वाचन समितिमा पुन न्यौपाने ले निबेदन गरेका थिए ।
उक्त निबेदन प्रति छानबिन र सोधपुछ गरी निज फगामीको कार्य प्रति निर्वाचन आयोगले गम्भिर आपत्ति प्रकट गरी निज योग कुमार फगामी लाई सचेत गराएको जानकारी प्रमुख आयुक्त डम्बर घलेले आइ सी सी उम्मेदवार ललित कुमार न्यौपाने लाई सम्बोधन गरी जानकारी गराएका छन ।
यसरि अध्यक्ष पदमा वहाल नै रहेका अवस्थामा फगामीले पदीय मर्यादा बिपरित एउटा ग्रुपलाई पंजीकृत सदस्यको डाटा र गोप्य सूचना उपलब्ध गराएर ,गोप्य राखिनु पर्ने कुराहरु सार्वजनिक गराई एउटा ग्रुपबाट चुनाब लड्दै छन ।
पंजीकृत सदस्यहरुको मोवाइल फोन र इमेल सवै डाटा निज संग एक्सेस भएकाले दुरुपयोग भैरहेको भन्ने सुन्नमा आएको छ । निर्वाचन समितिले पनि महत्वपूर्ण कागजात हरु लापरबाही ढंगले राख्ने ,गल्ती गरेको प्रमाणित हुदा समेत सचेत मात्र गराई झारा टार्ने गरेकोले निर्वाचनको निष्पक्षता र बिस्वासनियता माथि संका पैदा हुदै गएको छ ।
सचेत पत्रबारे निर्वाचन कमिटीले दिएको जानकारी :
श्री ललित नेउपाने ज्यु,
उम्मेदवार, आइ सी सी सदस्य-एन आर एन युके
बिषय- जानकारी गराइएको।
उपरोक्त सम्बन्धमा एन आर एन युकेको निर्वाचन प्रक्रिया शुरु भइसकेपछि तपाईले आइ सी सी सदस्यका उम्मेदवार योग कुमार फगामीको उम्मेद्वारीको बिरुद्धमा तपाईले दिनुभएको उजुरीको कपि उतार गरी उजुरी कर्तालाई नै सम्बोधन गरी सामाजिक संजालमा उतार गरेको भनि दिनु भएको उजुरीको सन्दर्भमा निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन समितिमा सुरक्षित रहनुपर्ने कुरा निजले कसरी प्राप्त गरी सामाजिक संजालमा उजुरीकर्तालाई नै सम्बोधन गरी पत्राचार गर्नु भयो भन्ने गम्भीर नैतिक प्रश्न सहित निजलाई सोधनी समेत भएको छ। यस सन्दर्भमा यस निर्वाचन समितिले उजुरीकर्ताको गोपनियता एबम उजुरीको सुरक्षाको प्रत्याभूति हुनुपर्ने बारेमा पटक-पटकको छलफलपछि निज योग कुमार फगामीलाइ सचेत गराइएको कुरा तपाईको जानकारीको लागि अनुरोध गरिन्छ।
डमर घले
प्रमुख निर्वाचन आयुक्त
एन आर एन युके, निर्वाचन समिति