२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गोर्खाका मुद्दाका लागि जस्तोसुकै कदम चाल्न एनआरएन तयार छ – शेर सुनार (भिडियो)

4462 Shares
Spread the love

लन्डन । संघारमा रहेको गैरआवसीय नेपाली संघ(एनआरएनए) युकेका अध्यक्षका प्रत्यासी शेरबहादुर सुनारले ब्रिटिस गोर्खाहरुको मुद्दा एनआरएनएकै अगुवाइमा समाधान गर्ने दावी गरेका छन् ।

‘एनआरएन बहस’ कार्यक्रममा बोल्दै उनले भूपु गोर्खाहरुले उठाइरहेका मागहरुका सम्बन्धमा नेपाल र बेलायत सरकार दुवैले प्राथमिकतामा नराखेकाले अब यस मुद्दालाई एनआरएन युकेकै अगुवाइमा समाधान गराइछाड्ने प्रतिबद्धता जनाए ।

‘एनआरएनको स्थापना हुँदा गोर्खाको मुद्दा आएको थिएन, हामी गोर्खाली कसरी बेलायत आउने भन्ने मात्र प्राथमिकता थियो त्यसैले केही कमजोरी भएको हो’, उनले भने, ‘गोर्खाहरु बेलायतमा सेटलमेन्ट हुने हो भने ब्रिटिस पासपोर्ट लिने सवालमा के गर्ने भन्ने बारेमा नेपाल सरकार प्रष्ट नहुँदा अहिले हामीले दुःख पाइरहेका छौं ।’
गोर्खाहरुका १३ बुँदे माग मध्ये एउटा मात्र माग पुरा भएको जानकारी गराउँदै उनले नेपाल–बेलायत कुटनीतिक सम्बन्ध सुमधुर बनाउने बहानामा गोर्खाहरुलाई वेवास्ता गरिएको दुखेसो गरे । ‘अब गोर्खा मुद्दामा लडिरहनु भएका अग्रजहरुसँगै एनआरएन पनि लडने छ, लडिरहेको छ,’ उनले भने ।

बेलायतमा बढेको पैसा नेपालमा नपाइने गरेको दुखेसो गर्दै सुनारले यसबारे पनि एनआरएनले आवाज उठाउने प्रतिबद्धता जनाए । एनआरएन युकेको अध्यक्षकै प्रत्यासी पुनम गुरुङ पनि गोर्खालगायत बेलायतबासी नेपालीका विभिन्न मुद्दा लिएर चुनावी मैदानमा छिन् ।

यही सेप्टेम्बर १४ तारिखमा हुन गइरहेको निर्वाचनमा सुनारका पक्षमा माहोल राम्रो बन्दै गएरहेको उनका समर्थकहरुले बताइरहेका छन् । १३ हजार ६ सय बढी मतदातामध्येबाट कम्तीमा ६० प्रतिशत मत सुनारको पक्षमा जाने आंकलन सुरु भएको छ ।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका सुनारलाई गोर्खा समुदायसहित राई, लिम्बु, मगर र अन्य समुदायले स्वतस्फूर्त सहयोग गरिरहेको समर्थकहरुले दावा गरेका छन् ।

प्रतिक्रिया