२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए यूके चुनावमा शेर सुनार समूह अगाडी, जीतप्रति ढुक्क

1784 Shares
Spread the love

लन्डन । एनआरएनए यूकेको यही  शनिबार हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासी शेरबहादुर सुनार समूह अग्रपंक्तिमा रहेको विश्लेषकहरुले जनाएका  छन् । सुनारले प्रतिद्वन्द्वी पुनम गुरुङलाई पछि पार्ने पछिल्ला चुनावी गतिविधिले देखाएको हो ।

१३ हजार ६ सय बढि मतदातामध्येबाट कम्तीमा ६० प्रतिशत मत सुनारको पक्षमा जाने आंकलन गरिएको छ । सवैलाई समेटेर समावेशी टिमका साथ मैदानमा उत्रिएका सुनारले करिब ८ हजार सदस्यता बनाएका छन् । उनी  पूर्व अध्यक्ष शेष घलेद्वारा सम्मानित पनि भएका थिए ।

मिनलसार, मृदुभाषी र एनआरएन अभियानमा लामो समय देखि अहोरात्र खटिएका सुनारले उपाध्यक्ष हुंदा १० हजार सदस्यता बनाउने अभियान शुरु गरेका थिए । तर झण्डै १४ हजार हाराहारीमा सदस्य बनेपछि एनआरएनए यूके विश्वका ८० अरु समितिभन्दा ठूलो एनसीसी बनेको छ । इतिहास रचेका कारण पनि उनलाई ‘पपुलर मत’ आउने विश्वास गरिएको छ ।

अर्की प्रत्यासी पुनमले  तमुहरुको पुरै मत आफु लाई आउने अनुमान गरेकी थिइन् ।  तर लमजुंग समाज तथा प्हेलु संघसंग आबद्ध तमुहरु भने खुलेर शेरकै पक्षमा लागेको देखिन्छ। भूतपूर्व गोर्खा सैनिक सुनारलाई गोर्खा समुदायसहित राई, लिम्बु, मगर र अन्य समुदायले स्वतस्फूर्त सहयोग गरिरहेका छन् । सुनारलाई प्रजातन्त्रवादी पक्षको मात्र होइन, ऊनको पूर्वाग्रहरहित सरल स्वभावका कारण सवै राजनीतिक दलप्रति आस्था राख्नेले पनि साथ र सहयोग दिईरहेका छन् । सुनारले भूपू गोर्खा मुद्दा, गैर आवासीय नेपाली नागरिकता सवाल, बेलायतका नेपालीको हकहित, एनआरएन कार्यालय जस्ता महत्वपूर्ण मुद्दालाई आफ्नो प्राथमिकतामा राखेकाले पनि उनी सर्वसाधारणदेखि अभियन्ताहरुको समेत रोजाइमा परेका हुन् । शेर सुनारले विगत दुई वर्ष देखि  आफ्नै रेस्टोरेंटमा निशुल्क एनआरएन कार्यालय पनि ऊपलव्ध गराऊँदै आईरहेका छन्।

यसपालि विगतको नजिर ‘ब्रेक’ हुने र इतिहासमै पहिलो पटक एक अत्यन्तै ऊत्पीडित समुदायका शेर सुनारले न्याय पाऊने विश्वास गरिएको छ,”  एक विश्लेषकले भने, ‘सुनारको त्याग र सामाजिक कार्यमा निरन्तर संलग्नताले उनी बलियो स्थानमा रहन सफल भएका हुन् ।’

सदस्यता लिएको केहिदिनमै उपाध्यक्ष बनेकी पुनमको एनआरएन अभियानमा कम अनुभव छ । तर सुनार डेढ दशकदेखि निरन्तर सक्रिय छन् । उनलाई न पदको लोभ छ, न मिडियाको । सधैं पर्दा पछाडि रहेर काम गर्न रुचाउने र अरुलाई सहयोग गर्न सदा तत्पर सुनारले बेलायतको नेपाली समुदायका लागि बगाएको पसिना र च्यारिटी कामको फेहरिस्त लामै छ । पुनमले पहिलो पटक महिला नेतृत्व आउन लागेकाले साथ दिन अपील गरिरहे पनि उनको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ । आफ्नै बलबुता र भिजनभन्दा पनि पुनम केही निहित स्वार्थ बोकेका व्यक्तिहरुको लहैलहैमा पर्दा उनी झन् पछि परेको विश्लेषण गरिएको छ । हालै दुवै प्रत्यासीलाई राखेर छलफल गराउने कार्यक्रममा सहमति जनाएर पनि अन्तिम समयमा नआउनुमा सोही गिरोहले रोकेको जानकारहरु बताउंछन् ।

आफ्ना सहयोगीहरु सहित युकेका विभिन्न राज्यहरुको भ्रमण गरेर फर्के पछि सुनार आफ्नो समूहको जीत हुने प्रति ढुक्क बनेका हुन्। उनले सबै मतदाता हरूलाई शनिवार आफुलाई पायक पर्ने मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया