लण्डन । गैर आवासीय नेपाली संघ यूकेको राष्ट्रिय अधिवेशन सम्मपन्न भएको छ । अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा भएको अधिवेशनको प्रमूख अतिथिको आतिथ्य बेलायतका लागि नेपालका राजदुत डा. दुर्गा बहादुर सुवेदीले गरेका थिए भने संघका पूर्व अध्यक्ष डा. शेष घलेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै सुबेदीले गैर आवासीय नेपाली संघले अहिले सम्म धेरै उदाहरणिय काम गरेको बताए । उनले संघलाई दक्षिणको डोभर देखि उत्तरको एबरडिन सम्म पुर्याएकोमा र सम्पूर्ण नेपालीलाई एकबद्ध गराएकोमा संघको यस कार्यलाई प्रसंशा गरे । उक्त अधिवेशनमा विशिष्ट अतिथि नि वर्तमान अध्यक्ष शेष घलेले संघका हरेक कामलाई प्रभावकारी बनाएर आगामी कार्ययोजनाको पेहरिष्त बनाई त्यसमा बृहत छलफल र एक आपसमा हातेमालो गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा अहिलेका निवर्तमान उपाध्यक्ष शेर सुनारको कुशल कार्य दक्षताको उच्च मूल्याङकन गर्दै अध्यक्ष योग कुमार फगामीको सिफरिसमा वर्तमान शेष घलेले खादा ओडाउँदै उच्च सम्मानका साथ कुशलकार्यको प्रमाण पत्र प्रदान गरेका थिए ।


कार्यक्रममा संघका वर्तमान उपाध्यक्ष साथै आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी कुमार पन्तले अध्यक्ष शेष घलेले लिएको भिजन २०२० एण्ड वियाेण्डको एजेण्डा आफ्नो मूख्य कार्ययोजना रहेको बताउँदै यसले सम्पूण क्षेत्र र तहलाई समेट्ने भएको हुँदा यसमा सबै लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा आगामी आउने नेतृत्वलाई शुभकामना दिँदै फगामीले एकले अर्कालाई दाेषारोपण गर्नु भन्दा पनि आफ्नो तर्फबाट राम्रो गर्न के गर्न सकिन्छ भन्ने बारेमा सोंच्नु आवश्यक रहेको बताए ।
समारोहमा संघका सल्लाहकार डा. हेमराज शर्मा, यूरोप क्षेत्रका संयोजक शिव कुमार बरुवाल, संघका यूकेका पूर्व अध्यक्षहरु मेजर रिटायर्ड डमर घले, सुर्य गुरुङ, र योगेन क्षेत्री, यूकेबाट आइसीसी सदस्य कुमारी गुरङ र रमशरण सिम्खडा, संघका पूर्व सल्लाहकार विश्वआदर्श पण्ति, संघका पूर्व प्रवक्ता मन क्षेत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा उप-महासचिव विनय अधिकारीले हाम्रो एनआरएन राम्रो एनआरएन भन्ने कुरालाई स्मरण गर्दै अधिवेशनमा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । कार्यक्रम उद्घाटन पस्चात बन्द सत्रमा कोषाध्यक्ष सचिन श्रेष्ठले संघको आर्थिक र महासचिव राज कुमार त्रिपाठीले बार्षिक प्रतिवेदन पेश गरेका थिए । साथमा विधान पनि पेशगरिएको थियो ।
यसै अवसरमा संघले प्रकाशन गरेको मुख पत्र एनआरएनए भ्वाइसको पनि विमोचन गरिएको थियो । यसलाई सम्पादन भने प्रवक्ता रमेश साराङकाेटीले गरेका छन । कार्यक्रममा अहिलेका निवर्तमान उपाध्यक्ष शेर सुनारको कुशल कार्य दक्षताको उच्च मूल्याङकन गर्दै अध्यक्ष योग कुमार फगामीको सिफरिसमा वर्तमान शेष घलेलाइ खादा ओडाउँदै उच्च सम्मानका साथ कुशलकार्यले प्रमाण पत्र प्रदान गरेका थिए । साथै मिस इंग्ल्याण्डसकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र खेलाडी सिद्धर्थ गरुङलाई पनि सम्मान गरिएको थियो ।
उक्त अधिवेशनमा विभिन्न तह र तप्काका व्यक्तित्व साथै संघ संस्थाका प्रमूख, राजनितिज्ञ, उद्यमी व्यवसायी, पत्रकारहरु को पनि उपस्थिति रहेको थियो ।