लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन नजिकिंदै गर्दा मिडल्याण्डमा चुनावी रौनक बढेको छ । चुनावी प्रचारप्रसारमा व्यस्त उम्मेदवारहरुले आफ्नो अभियानलाई मिडल्याण्ड केन्द्रित गरेका छन् ।
यसपटकको निर्वाचनमा निर्णायक शक्ति हुने ठानिएको कारण पनि मिडल्याण्डप्रति उम्मेदवारहरुको आकर्षण देखिन्छ ।
गत महिना मिडल्याण्डबाट सामुहिक उम्मेदवारी घोषणा गर्दै आइसिसी सदस्यमा दयानिधि सापकोटा, उपाध्यक्षमा पशुपति पोखरेल, सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल, पुनम गुरुङको प्यानलबाटै चुनाव लड्ने गरी लण्डनमा भोटको डिल गरेका थिए ।
मिडल्याण्डका सोघोषित सामाजिक अगुवा रणबहादुर केसीको नेतृत्वमा लण्डन पुगेका साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी उम्मेदवारहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर (कृष्ण) ढकाल र विष्णु चालिसेले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा पुनम गुरुङ समुहबाट अध्यक्ष उम्मेदवार पुनम गुरुङ, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई तथा निर्वाचन अभियान संयोजक ले रि चन्द्रबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
४ बुँदे डिल (सम्झौतापत्र) गरेको जानकारी दिए पनि उनीहरुले सो ४ बुँदा सार्बजनिक गरेका छैनन् यसमा आर्थिक लेनदेनको कुरा पनि भएका कारण सार्बजनिक नगरेको अनुमन मिडल्याण्डवासी नेपालीहरुले गर्न थालेका छन् ।
सामजिक संजालमा मिडल्याडण्वासीद्वारा डिलको चर्को विरोध :
मिडल्याण्डका जनताहरुको भावनको करदार नगर्दै पद र पैसाको लागि कुनै एक समूहसंग गएर भोटको डिल गरेको भन्दै मिडल्याडण्वासी नेपालीहरुले सामाजिक संजालमा आफ्नो आक्रोश पोख्दै मिडल्याण्डका सोघोषित सामाजिक अगुवाहरुलाई सचेत गरेका छन् ।