२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

निरंकुशताविरुद्ध जेहाद छेड्ने कांग्रेस महामन्त्रीको चेतावनी

3790 Shares

 

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिएका छन्।
महामन्त्री कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आह्वान गरे।

विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिन अघि आक्रमण गरेको दाबी गर्दै आक्रोश व्यक्त गरे। महामन्त्री कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाई दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लडन पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरे। उनले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरितका गतिविधिमा संलग्न रहेको आरोप लगाए।

उपसभापति निधिले शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।

प्रतिक्रिया