
काठमाडौं। यो वर्षको छायाछवि तीज संगीत अवार्ड विभिन्न ३२ विधामा बिहीबार राजधानीमा एक समारोहबीच प्रदान गरिएको छ । तीज गीतसंगीत प्रोत्साहनका लागि यो अवार्ड प्रदान गर्दै आएको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।
उत्कृष्ट तीज दोहोरी मिक्सिङतर्फ अर्जुन विरहीले, गीत मिक्सिङतर्फ सन्तोष पौडेलले, तीज दोहोरी गीत एरेन्जरतर्फ समित परियारले, तीज गीत एरेन्जरतर्फ योगेश काजीले, तीज दोहोरी गीत नवगायक अवार्ड चित्र अविरल श्रीपालीले, तीज दोहोरी गीत नवगायिकातर्फ शशि पुन देसारले, तीज गीत नवगायिकातर्फ मीना केसीले अवार्ड हासिल गरे ।
यस्तै, तीज दोहोरी गीत मोडल (पुरुष) निर्मल क्षत्रीले, दोहोरी गीत मोडल महिला अवार्ड दीपाशा बीसीले, नवमोडल अवार्ड अपेक्षा सिंहले, तीज गीत मोडल अवार्ड मञ्जीता केसीले अवार्ड प्राप्त गरे । यस्तै, भिडियो छायाकारतर्फ मुकेश हुमागाईं, सम्पादनतर्फ प्रवीण भट्ट, तीज दोहोरी नृत्य निर्देशकतर्फ राजीव बलामी, दोहोरी भिडियो निर्देशकतर्फ राज केसीले, तीज गीत नृत्य निर्देशकतर्फ मौसम हिमालीले, तीज गीत भिडियो निर्देशनतर्फ नारायण रिजालले अवार्ड हासिल गरे ।
यस्तै, तीज दोहोरी गीत शब्दतर्फ तारा अधिकारी, तीज गीत शब्दतर्फ यशोदा थापा यशु, तीज मौलिक गीत शब्दतर्फ लोकराज अधिकारी, तीज सामाजिक गीततर्फ प्रमिला पुन, तीज दोहोरी गीत लयतर्फ जीवन परियार, तीज गीत मौलिक लयतर्फ हरि विष्ट, तीज गीत लयतर्फ धर्मराज गिरी, तीज युगल गायनतर्फ अमृता लुंगेली मगर÷सुमित्रा कोइराला÷सुजाता केसीले अवार्ड पाए । यस्तै, तीज गीत कम्पनीतर्फ शुभश्री फिल्मस् प्रालि, तीज दोहोरी गीत गायकतर्फ लेखनाथ आचार्य, गायिकातर्फ सुशीला गौतम, तीज दोहोरी गीततर्फ देवी घर्ती, तीज गीत गायिकातर्फ अञ्जना गुरुङ, गायकतर्फ कृष्णा परियार र मौलिक तीज गीततर्फ पातली…बाट उत्कृष्ट हुँदै कला लम्सालले अवार्ड हासिल गरे ।
यस्तै, मोडल किशन अर्याल कृष्ण, गायिका शोनिका केसी, सुरुचि पन्तलाई इन्करेजमेन्ट अवार्ड, गायिका धनकुमारी थापा (सरु), गायक÷मोडल दुर्गेस थापा, मोडल सुशीला थापालाई पब्लिक च्वाइस अवार्ड र गायिका टीका पुनलाई जुरी अवार्ड प्रदान गरियो । सञ्चारकर्मी शारदा थापालाई ६ हजार ६ रुपैयाँसहित छायाछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरियो ।