
काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता–२०७६’ सम्पन्न भएको छ ।
भदौ १० गते मंगलबार कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा ७५ विद्यालयको सहभागिता रहेको थियो ।
जसबाट यस वर्षको ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता’ को उपाधि पेप्सीकोला, पूरानो सिमामंगलमा रहेको बेष्ट ग्रुप भिजन इङिलस स्कूलले जितेको छ ।
विपुल शिक्षा निकेतन द्धितीय, नेरिक एकेडेमी तृतीय, कान्तिपुर एकेडेमी हाई स्कूल चौथौँ, त्रिरत्न आवासीय विद्यालय पाचौँ, आमा डबलम एकेडेमी छैठौँ, ग्रिनहिल एकेडेमी सातौँ, एभिएम सेकेण्डरी स्कूल आठौँ, भिमेश्वर एकेडेमी नवौँ र माउण्ट ग्लोरी स्कूलले दशौँ स्थान हासिल गरेको छ ।
मंगलबार नै विजयी प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमस २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको थियो । चौथौँदेखि दशौँ स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको थियो । नगद पुरस्कारका लागि चाबहिलमा रहेको भिएस कलेजल १५ हजार रुपैया प्रायोजन गरेको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा गरिएको उक्त लोकनृत्य प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा एन प्याब्सनका अध्यक्ष रितु राज सापकोटा, एन प्याब्सनका प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, महासचिव सुवास न्यौपाने, एन प्याब्सन काठमाडौ पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रमखु अतिथि एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पण्डितले मुलुकमा पछिल्लो समय नकारात्मक कुरा बढी र सकारात्मक कुरा गौण बन्दै गएको बताएका थिए । उनले शिक्षा नै विकास र सम्मृद्धिको मुल आधारस्तम्भ भएको भन्दै सकारात्मक सोच र विचार प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले अंग्रेजी माध्यमलाई प्राथमिकता दिए जस्तै नेपाली विषयलाई पनि कमजोर हुने वातावरण नबनाउन पनि सचेत गराएका थिए ।
संयोजक एवं एन प्याब्सन काठमाडौँका सदस्य, प्रचार विभाग प्रमुख गेन्द्र लामाले प्रतियोगिताको सहयोगी भुमिका निर्वाह गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै लोक नृत्य प्रतियोगिताको औचित्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रमका सभापती एवं एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीले नेपाली कला/संस्कृतिको सम्वद्धन एवं विद्यार्थीको अन्तरनिहित क्षमताको उजागर गर्न प्रतियोगिताको आयोजना गरेको बताएका थिए ।
प्रतियोगिता अवधिभर पूर्व मिस नेपाल सुगारिका केसी र पुरस्कार वितरण कार्यक्रमलाई एन प्याब्सन काठमाडौँका सचिव अमृत खड्काले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गरेका थिए ।