२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

नवीना लामाले भनिन्ः शेरबहादुर मन्त्रीबाट हटेपछि तामाङहरु मन्त्री बन्न गाह्रो

3571 Shares
Spread the love

काठमाडाैं । नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नवीना लामाले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि प्रधानमन्त्रीसहित नेकपा शीर्ष नेताको दबाबमा पदबाट राजीनामा दिएका कानूनमन्त्री शेरबहादुर तामाङको बचाउ गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शेरबहादुरलाई पदबाट राजीनामा दिन बाध्य पारिनु अन्याय भएको दाबी गरिन् । तामाङको अभिव्यक्ति गलत नभएको र मेडिकल क्षेत्रको बेथितिबारे बोल्दा गलत व्याख्या गरिएको दाबी उनको छ । वर्गीय आन्दोलन र पार्टीमा धेरै दुःख, कष्ट गरेर मन्त्री बनेका शेरबहादुरले पद छाडेपछि अब तामाङ समुदायबाट त्यो स्थानमा पुग्न निकै समय कुर्नुपर्ने भन्दै नवीनाले उक्त घटना आफूहरुका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेकी छन् । तामाङलाई आफूले नजिकबाट चिनेको र भन्दै नवीनाले उनी शालिन व्यक्तित्व भएका मानिस रहेको बताएन् ।

‘तामाङ समुदायमा जन्मेर पार्टी,राज्य प्रतिनिधित्व, वर्गीय अन्दोलनमा निकै दुःख कस्ट गर्दै कानुनमन्त्रीको पद सम्हालेका शेरबहादुर तामाङ निकै उच्च चरिको शालिन ब्याक्तित्व भएको मान्छे हो । उहाँलाई नजिकबाट चिनने मान्छे हो म । उहाँको इन्टेनसन गलत थिएन । उहाँले मेडिकल क्षेत्रभित्रका ब्यथितिमाथि टिप्पणी मात्र गर्न खोजेका थिए । तर तेस्को गलत ब्याख्या विश्लेषण गरी अनावश्यक लालछाना उहाँमाथि लगाइयो । यस्का बाबजुत पनि उहाँले आम रूपमा क्षेमायाचना गरिसक्नुभएको छ मन्त्री पद निकै महत्त्वपूर्ण सम्मनित पद हो । यसको अबम”ल्यन गर्न हुँदैन । यो त मन्त्री पदको अबमूल्यन पनि हो । यस्ता विषयलाई हल्का रुपमा फिजाउनु भन्दा पनि यसको गरिमालाई ठूलो बनाउनु राम्रो हुन्छ । विभिन्न मिडिया लगायतका क्षेत्रबाट कानुन मन्त्रीको राजीनामाको खबर आइरहेको छ । एउटा तामाङ समुदायको मानिसलाई राज्य सन्चालनका यति महत्वपूर्ण पदमा पुग्न अब निकै समय कुर्नुपर्ने हुन्छ । यो हाम्रा लागि दुर्भाग्यपूर्ण हुन्छ । यो एक प्रकारको अन्याय पनि हो । लाग्यो यो गम्भीर छलफलको विषय हुनुपर्छ उनको इमानदारिता स–चरित्रको उच्च मूल्याङ्कन हुनुपर्छ’, नवीनाले भनेकी छन् ।

प्रतिक्रिया