२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

अक्षय कुमारका ‘जुम्ल्याहा भाइ’ कश्मीरमा भेटिए!

1072 Shares

नयाँदिल्ली – कश्मीरको राजनीतिक तनावका बीच यहाँका एक किसान अचानक चर्चामा आएका छन् । बुजुर्ग माजिद मीर नाम गरेका एक किसान सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।
कारण, उनको अनुहार र हाँसो बलिउड अभिनेता अक्षय कुमारसँग मिल्यो ।

उनको तस्बिर हेर्दा धेरैलाई लाग्छ कि, उनी वास्तविक अक्षय कुमार नै हुन् । अक्षय कुमारको जुम्ल्याहा जस्तै देखिने मीरको सोही तस्बिर अहिले भाइरल बनेको हो । बुधबार उनको फोटो एबीपी न्युजका पत्रकार आशिष सिंहले ट्वीटरमा पोस्ट गरेका थिए ।

तस्बिरको साथमा उनले ट्वीटरमा लेखेका थिए, ‘कश्मीरमा सुनिल गावस्करका फ्यान माजिद मीरसँग भेट भयो । उनी हरेक दिन यो ह्याट पहिरिन्छन् ।’ ट्वीटर प्रयोगकर्ताले भने उनको त्यो तस्बिरसँगै अक्षय कुमारको तस्बिर ट्याग गर्दै पोस्ट गर्न थाले ।

धेरैजसोले उनलाई ‘अध्यक्ष कुमारका जुम्ल्याहा ’ भन्दै शेयर गरेका थिए । तीमध्ये एकजनाले त ‘उनी सुनिल गवास्करका फ्यान कम र अक्षय कुमारका भाइ बढी देखिन्छन्’ भन्दै ठट्टा गरेका थिए ।

प्रतिक्रिया