
काठमाडौं – अमेरिका तथा नेपालमा भएका आफन्त तथा नेपालीहरूलाई दुःख पर्दा सहयोग गर्दै आएको अमेरिकामा कर्म थलो बनाएका नेपाली सामाजिक अभियान्ताहरुको सक्रियतामा किड्नी पिडितलाई आर्थिक सहयोग गरिएको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिका १ मा बस्ने ४६ बर्षीय गोमा वस्नेतलाई आर्थिक सहयोग गरिएको हो ।
कामदा -दुर्गा मिलन फ़ाउन्डेशनको अनुरोधमा लस एजल्न्स बासी समाजसेवी एव्म हामी नेपाली ग्लोवलका उपाध्यक्ष समेत रहेका टेक बाईवा लामा र रोशन अधिकारी को पहलमा एनआरएनका अभियान्ता र समाजसेवीवाट सहयोग रक़म उठाई सहयोग गरिएको हो । आर्थिक अवस्था कमजोर भएकी गोमा एकाक्सी विरामी भए पछि उपचारको लागी चितवन स्थित चितवन मेडिकल अस्पतालमा ल्याइएको थियो । चेकअपका क्रममा किडनीमा समस्या आएको भन्दै २४ घण्टा भित्र अप्रशेन नगरेमा जे पनि हुन सक्ने चिकित्सकहरुको भनाईपछि उनको उपचारको लागी आर्थिक सहयोग जुटाउन अमेरिकामा रहेका सामाजिक अभियान्ताहरु लागेका थिए । अभियान्ताहरुकै पहलमा उठेको केही रकम पिडितलाई हस्तान्तरण गरिएको छ ।
सहयोगी गर्नेहरुमा
सुनिल शाह: $- १००/-
यज्ञलाल क्षेष्ठ: $- १००/-
रामबाबु पाण्डे $- १००/-
बिष्णु लामिछाने (नुवाकोट): $- १००/-
टेक बाईवा लामा : $-५०/-
रोशन अधिकारी : $-५०/-
दिल क्षेष्ठ : $-५०/-
प्रमिश ढकाल : $-५०/-
गणेश लामा $-५०/-
कर्ण चन्द : $-२५/-
सुवास भण्डारी : $-३५/-
अमृता सपकोटा ग़ैरे : $- ३०/- सहयोग भएको हो । सहयोगी हातहरूलाई पिडित बस्नेतले आफुलाई नयाँ जीवन दिन आर्थिक सहयोग गर्ने सबै मनकारी मनलाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन् तपाईहरुको यो गर्नु कहिले भुल्ने छैन ।
फाउन्डेशनका संस्थापक रोसन अधिकारीले सहयोगी सबै प्रति धन्यवाद व्यक्त गरे । विरामी बस्नेत अहिले सामान्य अवस्थामा आएको र उपचार पछि घर फर्किएकी छन् ।