लण्डन । एनआरएनए युकेको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार शेर सुनार समूहको पक्षमा मिडल्याण्डबासी आकर्षित बनेका छन् ।
अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङ र मिडल्याण्डबीच चुनावी सहकार्य भएको केहि समय नबित्दै मिडल्याण्डमा सुनारको पक्षमा लहर देखिएको हो । यसैबीच सुनार निकट उम्मेदवारहरुको एक भेला सोमबार मिडल्याण्ड स्थित वुल्भरह्याम्पटनमा चितवन एड ट्रस्ट यूके (क्याट) यूकेका उपाध्यक्ष राम भट्टराईले संचालन गर्दै आएको थ्री कोर्नोस पबको सभाहलमा एक भेला सम्पन्न भएको थियो ।
सोमबार मिडल्याण्डको वुल्भरह्याम्प्टनमा भएको तीज विशेष कार्यक्रममा शेर सुनारलाई प्रमुख अतिथि बनाइएको थियो भने शेर सुनार समूहका उम्मेदवारलाई स्वागत गरिएको थियो । सुनारले सम्बोधन गर्दै यो प्रजातान्त्रिक युगमा कसैले कसैको भोटको ठेक्का लिन नसक्ने र मिडल्याण्डवासीले स्वविवेक प्रयोग गर्दै समावेशी र सक्षम उम्मेदवारलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

मिडल्याण्डवासीको सामूहिक उम्मेदवारी र प्रतिनिधित्वको चाहनाप्रति आफू सकारात्मक र उत्साहित रहेको भए पनि केही उम्मेदवारले गरेको डीलले आफूलाई दुःख लागेको सुनारको भनाइ थियो । कार्यक्रममा अध्यक्षका प्रत्यासी सुनारको पक्षबाट उपाध्यक्षमा प्रेम गाहा मगर र कमल पौडेल महिला उपाध्यक्ष बिमला लिम्बु र महासचिवमा कर्मा पहाडी, सुनार,आइसीसी सदस्य ललित न्यौपाने, कृष्ण तिवारी, मनिष खड्का, होम नाथ पौडेल अर्जुन कटुवाल उम्मेदवार छन् ।
यस्तै सचिब बिष्णु खरेल र महिला सचिव लिला सेलिङ सुनार कोषाध्यक्षमा तेजेन्द्र रोका र सहकोषाध्यक्षमा शकुन्तला गुरुङ, महिला संयोजक क्षमता ढकाल रहेकी छन् ।सदस्य प्रभु न्यौपाने लगायत उपस्थित थिए । यसपटक बेलायतमा विश्वभरकै राष्ट्रिय समन्वय परिषदहरुमध्ये सबैभन्दा बढि झण्डै १४ हजार सदस्य बनेका छन् ।
जसमध्ये करिब २ हजार सदस्य बनाएको मिडल्याण्डलाई यो निर्वाचनमा निर्णायक शक्तिका रुपमा हेरिएको छ । कार्यक्रमा डेढ सय जना स्थानीय नेपाली दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । हाम्रो नेपाली सम्माज वेस्ट मिडल्याण्डको आयोजनामा समाजका अध्यक्ष शिव खरालको संयोजकत्वमा भएको तीज कार्यक्रम संचालन गुरु भण्डारीले गरेका थिए । पूर्व अध्यक्ष मिलन सापकोटाले उपस्थित सबैलाई धन्यवाद दिए भने उपाध्यक्ष गोमा पौडेलले स्वागत मन्तव्य दिए ।