२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

‘प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्स सामाजिक सञ्जालबाट गरिएको होइन’

1314 Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा मन्त्रिपरिषद् बैठकमा टेलि प्रेसेन्स मार्फत बैठक सञ्चालन गरेकोमा कुनै सुरक्षा खतरा नरहेको प्रधानमन्त्री कार्यालायले स्पष्ट पारेको छ।

प्रधानमन्त्रीका सुचना प्रविधि सल्लाहकारअलि अस्गरले प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्समा भर्चुअल प्राइभेट नेटवर्क मार्फत कुराकानी भएको हुनाले यसमा कुनै पनि सुरक्षाको खतरा नरहेको स्पष्ट पारेका हुन्।

यसमा गोपनियमा कुनै पनि खतरा नहुने स्पष्ट पारेको छ। यो फेसबुक, भाइबर र स्काईपीबाट नहुने भएको हुनाले कुनै सुरक्षाको खतरा नभएको बताएको हो।

यस्तो छ, प्रधानमन्त्रीका आइटी सल्लाहकारको स्पष्टिकरण

हिजो TelePresence मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ। यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN (Virtual Private Network) प्रयोग गरेका छौं।

सम्मानीयज्यूले सिंगापुरबाट transfer भएको सुचना सर्वप्रथम Encrpyt हुन्छ । Encrypted data cloud मा जान्छ । Cloud बाट TP Server (Tele Presence) ले उक्त data ग्रहण गर्छ । त्यसपछि पुनः decrypt हुन्छ र अन्तिममा Action Room काठमाडौँ मा प्राप्त हुन्छ। यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ। त्यसकारण सूचना पुर्णतः सुरक्षित रहन्छ। सुरक्षा गोपनियताको आचारसम्हिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन।

साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आंट गर्न सक्दैन । यसलाई सामन्य skype call, facebook live, youtube streaming जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ।

प्रतिक्रिया