2876
Shares
काठमाडौं । फिल्म ’पासवर्ड’ को गीतमा अभिनय गरेकी बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । लियोनीले पहिलो पटक नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा आइटम डान्स गरेकी छिन् । र उनी फिल्मको प्रिमियरका लागि नेपाल आउन लागेकी हुन् । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेको छन् ।
फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार साँझ एक भिडियो सन्देश सार्वजनिक गर्दै आफू सेप्टेम्बर ११ तारिखमा काठमाडौँमा हुने ग्राण्ड प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको जानकारी दिएकी छिन् । साथै सनीले फिल्म ‘पासवर्ड’को सफलता शुभकामना समेत दिएकी छन् । प्रिमियरमा सहभागी हुने र उनी तीन दिनसम्म नेपाल बस्ने कार्यक्रम रहेको छ ।